१२ चैत्र २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

सप्तकोशी विकास बैंकका तत्कालीन कार्यकारी अधिकृत सुवेदी सम्पत्ति शुद्धीकरणमा दोषी ठहर

प्रकाशित मिति :  ३२ जेष्ठ २०८१, शुक्रबार १७:४५


काठमाडौँ — सप्तकोशी विकास बैंकका तत्कालीन कार्यकारी अधिकृत नवीन सुवेदी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर हुनुभएको छ ।

सप्तकोशी विकास बैंकका तत्कालीन कार्यकारी अधिकृत सुवेदी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका हु्न् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँबर, सदस्यद्वय रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलाशले सुवेदीलाई शुक्रबार दोषी ठहर गर्दै ३ वर्ष ३ महिना १८ दिन कैद र २ करोड ३६ लाख ५४ हजार ४ सय जरिवाना (बिगोको दोब्बर) को सजाय सुनाएको हो । अदालतले बिगो बराबरको सम्पत्ति जफत गर्न पनि आदेश दिएको छ ।

कार्यालय प्रमुखका रुपमा पदको दुरुपयोग गरि कसुर गरेको भन्दै अदालतले सुवेदीलाई थप २ महिना १८ दिन कैद र २३ लाख ७५ हजार ५४० रुपैयाँ थप जरिवानाको पनि सजाय गरेको हो ।

२०८० असारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुवेदीविरुद्ध १ करोड १८ लाख ७७ हजार ७ सय रुपैयाँ बिगो मागदाबीसहित बिगोको दोब्बर जरिवाना र कैद सजाय मागदाबीसहित मुद्दा दायर गरेको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !