टी-२० विश्वकप : नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित, सुपर-८ काे सम्भावना सकियो
काठमाडाैं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेपाल दक्षिण अफ्रिकासँग पराजित भएकाे छ ।
शनिबार वेस्ट इण्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा भएकाे खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएकाे हाे । एेतिहासिक जितका लागि १ रनले चुकेकाे नेपालकाे सुपर-८ मा पुग्ने सम्भावना पनि सकिएकाे छ ।
दक्षिण अफ्रिकाले दिएकाे १ सय १६ रनकाे लक्ष्य पछ्याएकाे नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १४ रन बनायाे । नेपालका लागि आशिफ शेखले ४२, अनिल शाहले २७ र कुशल भुर्तेलले १३ रन बनाए ।
बलिङतर्फ दक्षिण अफ्रिकाका तबरेज शम्सीले ४, एडेन मार्कराम र अनरिच नोर्जेले समान १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १५ रन बनाएकाे थियाे । दक्षिण अफ्रिकाका लागि रिजा हन्डरिक्सले ४३ रन बनाए ।
नेपालका लागि कुशल भुर्तेल र दीपेन्द्रसिंह एेरीले उत्कृष्ट बलिङ गरे । भुर्तेलले ४ र एेरीले ३ विकेट लिए । विकेट नलिएपनि सन्दीप लामिछानेले पनि नेपालका लागि कसिलाे बलिङ गरे ।
४ ओभर बलिङ गरेका भुर्तेलले ४ विकेट लिने १९ रन मात्र खर्चिए । ४ ओभर बलिङ गरेका दीपेन्द्रले २१ रन खर्चिएर ३ विकेट लिए । ४ ओभर बलिङ गरेका सन्दीपले १८ रन खर्चिए पनि विकेट लिन भने सकेनन् ।