२ असार २०८२, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काठमाडौँ उपत्यकामा आज साँझदेखि केही शीतल हुने

प्रकाशित मिति :  १ असार २०८१, शनिबार १२:००


sf7df8f}F, !! c;f/M snÍL rqmkynufot cf;kf;sf] ;x/L If]q xjfOhxfhaf6 ;f]daf/ lbpF;f] lvFlrPsf] sf7df8f}Fsf] snÍL rqmkynufot cf;kf;sf] ;x/L If]q . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा आज केही घटेको छ । आज साँझदेखि यहाँ केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज साँझदेखि काठमाडौँ उपत्यकामा मनसुनको सामान्य प्रभाव महसुस हुने जानकारी दिँदै विभागका मौसमविद् सरोज पुडासैनीले आज अपराह्न र राति यहाँ मेघगर्जनसहित  हल्का वर्षा हुने सम्भावना रहेको     बताउनुभयो । मनसुन पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्नेक्रम जारी छ तर यसलाई प्रिमनसुन गतिविधि नै मान्नुपर्ने उहाँले बताउनुभयो ।

शुक्रबारको तुलनामा आज आंशिकदेखि साधारणतया बदली हुने मौसमविद् पुडासैनीले बताउनुभयो । आज यहाँको अधिकतम तापक्रम २९ देखि ३१ क डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । शुक्रबार यहाँको अधिकतम तापक्रम ३३.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

 

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !