१३ पुष २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अमेरिकी सेना पोशाक सहित सुटुक्क काठमाडौंमा, राम्रो छैन अमेरिकाको नेपाललाई हेर्ने नजर

प्रकाशित मिति :  १ असार २०८१, शनिबार १५:४८


काठमाडौं । सुटुक्क कसैले थाहा नपाउने गरि अमेरिकी सेनाको विमान काठमाडौं आईपुगेको छ ।

विमान मात्र नभएर विमानमा सवार तालिम प्राप्त अमेरिकी सेना समेत काठमाडौं आईपुगेको हो ।

उक्त विमानमा झण्डै एक महिना तालिम प्राप्त अमेरिकी सेना थिए ।

कसैले थाहाँ नपाउने गरि यसरी अमेरिकी सेना नेपाल आउनु पकै पनि राम्रो भने होइन ।

हिजो शुक्रवार दिउसको करिव चार वजे अमेरिकी सेनाको विमान नेपाल आएको हो ।

चार बजे अमेरिकी सेनाको टोली नेपाल आइपुगेको र स्रोत अनुसार काठमाडौंको नजिकैको ठाउँमा अब नेपाली सेना सँग संयुक्त अभ्यास गर्नेछ ।

यस्तो संयुक्त अभ्यास भने नेपाली सेना सँग अमेरिकी सेनाले धेरै पटक गरिसकेको छ ।

अमेरिकी सेनाको प्रचार टोलीका क्याप्टेन केभिन मेन्डेजको नेतृत्वमा १३ सदस्यीय टोली अमेरिकी वायुसेनाको विशेष विमानमा काठमाडौं आइपुगेको हो ।

अमेरिकी सेनाको अबतरणलाई कुटनितिक अबतरण भनिएको छ ।

उक्त जहाजमा १३ जना सवार थिए र यो अमेरिकाबाट क्वालालम्पुर हुँदै सिधै काठमाडौं आएको हो ।
प्राप्त सुचना अनुसार उक्त अमेरिकी विमान भित्र के छ कसो छ भनेर हेर्ने छुट नेपालमा कसैलाई छैन ।

विषेश तालिम प्राप्त अमेरिकी सेनाहरुलाई र सेना सँग आएको अति विषेश सामग्रीलाई सोझै अमेरिकी दुतावास लगिने स्रोतले बताएको छ ।

स्रोत अनुसार जुन ३ देखि सुरु भएको अमेरिकी सेना र नेपाली सेनाको संयुक्त अभ्यासलाई विशेष तालिम दिन आएको बहानामा उक्त विमान काठमाडौंमा अबतरण गरेको थियो ।

किन पटक पटक आउछ अमेरिकी सेना नेपालमा ?

अमेरिकी सेना पटक पटक विभिन्न बहानामा नेपाल आउनुलाई धेरै अन्तर्राष्ट्रीय विश्लेषकहरुले राम्रो भने भनेका छैनन् ।

अमेरिकी सेनाले नेपालमा पटक पटक सेना —सेना विच संयुक्त अभ्यासको वहानामा अनेक गतिविधि गर्न सक्ने विश्लेषकहरुले बताउँदै आएका छन् ।

अन्तर्राष्ट्रीय विषयमा चासो दिएर लेख्ने लेखक प्रदिप तिमल्सिना भन्नुहुन्छ—‘यसरी सुटुक्क अमेरिकाको विमान नेपाल भित्रनु राम्रो भने पक्कै होइन, त्यसमाथि पनि विमानमा के छ कसो छ भनेर चेक जाँच गर्न नपाउनु भनेको यो अमेरिकाको नेपाल प्रतिको हेपाह प्रवृति हो ’

उहाँले भन्नुभएको जस्तो सामान्य रुपमा हेर्दा समेत अमेरिकाले यो जुन गरिरहेको छ त्यो हेपाह प्रवृति नै हो भन्दा फरक पर्दैन ।
संयुक्त तालिमको वहानामा के के गर्ने भनेर क्लिएर जानकारी नदिई यसरी आउनु भनेको पक्कै राम्रो भने होइन ।

 

अमेरिकाको अति विशिष्ठ प्रोजेक्ट एमसीसी पनि नेपालमा सुरु भइसकेको छ । एमसीसीको कारण पनि अमेरिकी सेनाले र अमेरिकाले नेपालमा राज गर्ने भनेर धेरै नेपालीले अनुमान गरेका थिए ।

अमेरिका र एमसीसीको नराम्रो सन्देश जान्छ भनेर अमेरिका निकट नेपालका गगन थापा लगाएतका नेताहरुले आफ्नो लामो राजनितिक करिअरलाई धारमा राखेर खुलेआम अमेरिका र एमसीसीको सर्पोट पनि गरेका थिए ।

तर एमसीसी अनुमोदन भएपछिको दिनहरुमा भने अमेरिकी सेना सुटुक्क वा खुलेआम नेपालमा यत्र तत्र देख्न थालिएको छ ।

स्वार्थी अमेरिका
धेरैलाई थाहा नहुन सक्न अमेरिकी स्वार्थी छ भनेर । अमेरिकाले नेपालको लागि स्वार्थ बाहेक केही गर्दैन भनेर धेरैले अनुमान लगाउन सक्छन् ।

न त नजिकको छिमेकी मुलुक हो अमेरिका । त्यती टाढाको अमेरिकाले नेपालमा किन जहिल्यै गद्धे नजर गरिरहेको छ भनेर सबैको चासोको विषय पनि रहेको पाईन्छ ।

धेरैलाई थाहा नहुन सक्छ । काठमाडौंको स्वीचाटारमा विमान स्थल थियो भनेर । त्यो विमान स्थल अहिले भने छैन । त्यो विमानस्थल नेपाली यात्रुहरुको लागि थिएन । र कहिल्यै भएन । त्यो विमान स्थल अमेरिकाको लागि मात्र थियो ।

आफुलाई मनलागेको कुरा भित्र्याउन र गर्नकै लागी र नेपालको उत्तरी छिमेकी चीन सँग प्रतिशोध साध्नको लागि उक्त विमानस्थल प्रयोगमा आएको थियो ।

त्यसमा अमेरिकाको स्थार्थ पुरा भयो र विमास्थल पनि हरायो । यसरी हरायो कि स्वीचाटारका नयाँ पिढिका मानिस र त्याहाँ बसाई सरेर आउँने मानिसलाई अत्तो पत्तो नहुने गरि विमानस्थल हराएको थियो ।

यो त एउटा प्रतिनिधि घटना मात्र हो । यही एउटा घटना हेर्दा पनि अमेरिकाले नेपालको लागि निस्वार्थ केही पनि गर्दैन भन्ने पुुष्टी भएको छ ।

लेखक प्रदिप तिमल्सिना भन्नुहुन्छ—‘अमेरिकाले नेपाल मात्र नभएर चीनको वारेमा समेत रणनिति बनाउन नेपाल र नेपालको भूमीलाई प्रयोग गरिरहेको छ , यस बारे हामी आम नेपाली सर्तक रहनुपर्छ ’
तिमल्सिानाकै भनाईलाई आधार मान्ने हो भनेपनि अमेरिकाले कयैन पटक आफू शक्तिमा बस्नकै लागि विश्वलाई उछिन्न लागेको चीनलाई थला पार्नकै लागि नेपालको भूमीलाई प्रयोग धेरै पटक गरिसकेको छ ।

नेपाली सेना सँगको संयुक्त अभ्यासको वहाँनामा अमेरिकाले नेपालको राजनीति अनि नेपाली शेना भित्र खेल्न थालेको हुनु सक्ने अनुमान लगाउन सकिन्छ ।

यसैगरि भारत सँग मिलेर नेपालको टाउकोमा टेकेर अग्लो वनि चीन राम्रो सँग नियाल्नको लागि समेत नेपाललाई प्रयोग गरेको हुन सक्ने लेखक प्रदिप तिमल्सिना बताउँनुहुन्छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !