९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

दक्षिणी गाजामा भएको विष्फोटमा आठ इजरायली सैनिकको गयाे ज्यान

प्रकाशित मिति :  २ असार २०८१, आईतवार ०९:१४


काठमाडौं । दक्षिणी गाजाको रफाह क्षेत्रमा भएको विस्फोटमा आठ जना इजरायली सैनिकको ज्यान गएको छ । इजरायल डिफेन्स फोर्सका अनुसार यी सबै सैनिकहरू नामर नामको आर्मर्ड कम्ब्याट इन्जिनियरिङ भेहिकल (सीईभी) भित्र भएका बेला शनिबार विस्फोट भएको थियो ।

जनवरीमा गाजामा भएको विस्फोटमा २१ इजरायली सैनिक मारिएपछि यति ठूलो संख्यामा सैनिक मारिएको यो पहिलो पटक हो । स्थानीय समय अनुसार शनिबार बिहान सवा ५ बजे घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

रफाहको ताल अल सुल्तान क्षेत्रको उत्तरपश्चिमी क्षेत्रमा हमासका आतंकवादी अड्डाहरू ध्वस्त पार्न निस्किएको इजरायली सेनाको टोली झण्डै ५० आतङ्ककारीलाई मारेर फर्किरहेको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !