१४ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

धितोपत्र बोर्डको अध्यक्ष पदको अन्तरर्वार्तामै गएनन् तीन उम्मेदवार

प्रकाशित मिति :  २ असार २०८१, आईतवार १६:३७


काठमाडौं । धितोपत्र बोर्डको अध्यक्षको लागि पहिलो चरणमा छनिएका पाँच जना उम्मेदवार छानिएका थिए ।

तिनै पाँच जनाँबाट एक उम्मेदवार धितोपत्र वोर्डको अध्यक्ष हुनेवालमा थिए ।

तर आज भएको अन्तरर्वातामा पाँच मध्य दुई उम्मेदवार मात्र गएर तीन उम्मेदवार नगएको पाइएको छ ।
दुई मात्र उम्मेदवार गएर तीनले आफ्नो फोन आफ गरेर अन्तर्वातामा नआएको पाइएको छ ।

तर पाँच मध्य तीन उम्मेदवारको नाम आज सिफारिस गर्नुपर्ने र तिनै ३ मध्य एक धितोपत्रे वोर्डको अध्यक्ष हुनेबाला थिए ।
तर यति महत्वपूर्ण पदको लागि पनि अन्तरवार्तामा उम्मेदवार नआउनुलाई असोभाविक रुपमा हेरिएको छ ।

छानिएका पाँच मध्ये सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्रै अन्तर्वार्तामा उपस्थित भएका थिए ।

हाल नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज श्रेष्ठ र बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवि चापागाई भने अन्तर्वार्तामा सहभागी नभएका हुन् ।
नेपाल धितोपत्र बोर्ड ऐन अनुसार छनोट समितिले बोर्डको अध्यक्षको नियुक्तिको लागि कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था गरेको छ । समितिले यसरी सिफारिस गरेको नामको आधारमा सरकारले एक जनालाई नियुक्ति गर्नुपर्ने व्यवस्था छ ।

कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था रहेकाले यो संख्या नपुग्ने देखाउन अन्तर्वार्तामा छानिएकामध्ये तीन जना सहभागी नभएको बुझिएको छ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा बनेको समितिले पाँच जनाको नाम सिफारिस गरेको थियो। छनोट समितिले आइतबार बिहानै अन्तर्वार्ता लिएको थियो।

समितिलाई एक जनाले भने आइतबार नै उपस्थित हुन नसकेको र अर्को दिनको समय मागेका छन्। त्यसैले यो प्रक्रिया रद्द नहुने समिति स्रोतको दाबी छ।

पाँच महिनादेखि धितोपत्र बोर्ड नेतृत्व बिहिन छ। अध्यक्षको बहालीको लागि विभिन्न व्यावसायिक घरानाबीच द्वन्द्व रहेकोले पनि नियुक्ति प्रक्रिया लामो समयदेखि अघि बढ्न सकेको थिएन।

तर, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले यही साताभित्र अध्यक्ष नियुक्ति गर्न अर्थमन्त्रालयलाई भनेपछि यो प्रक्रिया अघि बढेको थियो। आगामी शुक्रबारसम्म अध्यक्षको रूपमा चुनिने व्यक्तिले जिम्मेवारी सम्हाल्न सक्ने गरी प्रक्रिया अगाडि बढाइएको हो।


0
Shares

प्रतिक्रिया दिनुहोस !