९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

बंगलादेशमा एउटै आईएमईआई नम्बरका लाखौं मोवाइल सेटहरु भेटिएपछि विश्वभर खैलाबैला, विश्वकै शुरक्षामा खतरा

प्रकाशित मिति :  ३ असार २०८१, सोमबार १५:०९


काठमाडौं । बंगलादेशमा एउटै आईएमईआई नम्बरका डेढ लाख मोवाइल सेटहरु भेटेपछि बंगलादेशमा मात्रै नभएर विश्वभर अहिले खैलाबैला भएको छ ।
अहिले विश्वभर यस्तो कसरी भयो भनेर पुरै खैला बैला भएको छ ।

विश्वमा मोवाइल फोन प्रयोगको शुरुवात भएको करिव साढे ४ दशकको अवधिमा विभिन्न समस्याहरु देखिएका छन् र समाधान पनि भएका छन् ।

तर, हालै वंगलादेशमा सार्वजनिक भएको यो घटनालाई मोवाइल फोनको क्षेत्रमा भएको सवैभन्दा डरलाग्दो र सनसनीपूर्ण घटना मानिएको छ ।

ढाका मेट्रोपोलिटन पुलिसले नक्कली मोवाइल कारखानाहरुमा छापा मारेपछि यो घटनाले वृहत रुप लिएको हो ।
त्यसक्रममा केही ठूला र बहुराष्ट्रिय कम्पनीका मोवाइलका ब्राण्डहरुको नाम राखेर निकै कमसल खालका मोवाइलहरु उत्पादन गर्ने गरेको रहस्य पत्ता लागेको थियो । अर्थात नक्कली मोवाइल सेट बनाएर तिनलाई हुबहु ब्राण्डेड मोवाइल सेट जस्तै तयार गरेर विक्री गरिन्थ्यो ।
एउटै आईएमईआई (इण्टरनेशनल मोवाइल इक्विपेण्ट) नम्बर भएका साढे १ लाख भन्दा धेरै मोवाइल सेटहरु बजारमा चलिरहेको थाहा पाएपछि प्रहरीनै चकित परेको थियो ।
विश्वव्यापीरुपमा आईएमईआई नम्बर, त्यस्तो नम्बर हो, जसबाट मोवाइलको सम्पूर्ण कुरा थाहा हुन्छ । हरायो, वा चोरी भयो भने पनि यही नम्बरबाट पत्ता लाग्छ । कम्पनी र देश अनुसार यस्तो नम्बर १५ डिजिट वा १७ डिजिटको हुन्छ ।

 

त्यसैले आईएमईआई नम्बरलाई मोवाइलको सुरक्षाको लागि मात्र होइन, मोवाइलमार्फत हुने अपराध नियन्त्रणको लागि समेत महत्वपूर्ण संकेत नम्बर मानिन्छ । तर, लाखौं मोवाइल्मा एउटै आईएमईआई नम्बर भएपछि त्यो कुनै एउटा देशको लागि मात्र नभएर विश्वको सुरक्षा प्रणालीको लागि निकै ठूलो चुनौती बनेको बंगलादेशका प्रहरी अधिकारीहरुले बताइरहेका छन् ।

बंगलादेश प्रहरीले यो प्रकरणमा अहिले विभिन्न संभावित ठाउँमा छापा मारिरहेको छ तर अहिलेसम्म कतिजनालाई कस्तो कारवाही गरियो भन्ने बारेमा भने कुनै जानकारी दिएको छैन ।


0
Shares

प्रतिक्रिया दिनुहोस !