९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज चीन सरकारको एक उच्च्स्तरिय टोली नेपाल आउँदै

प्रकाशित मिति :  ४ असार २०८१, मंगलवार ०८:४६


काठमाडौं । चीन सरकारको एक उच्चस्तरिय टोली आज नेपाल आउँदैछ ।
उक्त टोली गृह मन्त्रालयको निमन्त्रणमा नेपाल आउन लागेको हो ।
सिचुवान प्रान्तको उपप्रमुख एवं पब्लिक सेक्युरिटिज विभागका प्रमुख ये हानपिन नेतृत्वमा ५ सदस्यीय टोली आज आउन लागेको हो ।

हानपिन नेतृत्वको टोलीले परराष्ट्र मन्त्री,गृहमन्त्री, गृहसचिव लगायत उच्च अधिकारीहरुसँग भेट गर्नेछ ।

स्रोत अनुसार गृह मन्त्रालयमा आपसी हित र सुरक्षा चासोका विषयमा द्विपक्षीय छलफल हुने छ ।

हानपिन नेतृत्वको टोली फर्किए लगत्तै उपविदेश मन्त्रीको टोली नेपाल आउने चर्चा छ ।

पछिल्लो समय चीनले काठमाडौंपछि पोखरा र लुम्बिनीमा आफ्नो गतिविधिलाई बढाउँदै गएका छन्।चिनियाँ नयाँ वर्षको अवसरमा नेपालस्थित चिनियाँ दूतावासले नेपालमा विभिन्न रचानात्मक कार्य गर्दै आईरहेको छ ।
गत साता मात्र एक उच्च चिनियाँ अधिकारीले गौतम बुद्धको जन्मस्थान लुम्बिनी र काठमाडौंको भ्रमण गरी फर्किएका छन्।

चीनका राष्ट्रिय धार्मिक साँस्कृतिक मामिला प्रशासन मन्त्री चेन रुइफेंङ गत बुधबार लुम्बिनी गएका थिए। मन्त्री चेनसँगै नेपालका लागि चिनियाँ राजदूत छन् सोङ,चीनको राष्ट्रिय धार्मिक मामिला प्रशासनका धार्मिक मामिला व्युरो प्रमुख हुआंग झिहुई पनि उक्त टोलीमा सहभागी हुनुहुन्थ्यो ।
मन्त्री चेनले लुम्बिनीमा चिनियाँ गुम्बा छेउमा बन्न लागेको संरचनाको शिलान्यास गरेका थिए।मन्त्रीसँगै माष्टर यिन सुन, राजदूत सोङ, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्य, लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना रहिजनसहित शिलान्यासमा सहभागी बनेका थिए ।


0
Shares

प्रतिक्रिया दिनुहोस !