१३ पुष २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अमेरिकामा भारी वर्षा र पहिरोका कारण १३ जनाको ज्यान गयाे

प्रकाशित मिति :  ४ असार २०८१, मंगलवार १२:३४


अमेरिका । मध्य अमेरिकामा भारी वर्षाका कारण एल साल्भाडोर र ग्वाटेमालामा बाढी र पहिरोमा परी १३ जनाको ज्यान गएकाे अधिकारीहरूले बताएका छन् ।

एल साल्भाडोरमा, अहिलेसम्मको सबैभन्दा बढी प्रभावित देश, पश्चिमी जिल्ला टाकुबामा सोमबार पाँच जनाको निधन भएको नागरिक रक्षा प्रमुख लुइस अमायाले जनाउनु भएको छ ।
यसै गरी राजधानीको राजमार्गमा यात्रा गरिरहेको कारमा रूख र पोलहरु खस्दा आइतबार दुई जनाको  निधन भएको थियो ।

शुक्रबार र आइतबारको बिचमा बाढी र पहिरोमा थप चार जनाको  निधन भएको अमायाले बताउनु भयो ।

आइतबार, कांग्रेसले स्रोतहरूको परिचालनलाई सहज बनाउन आपतकालिन अवस्थालाई अनुमोदन गर्यो ।

राष्ट्रपति नायब बुकेलेले एक्समा काङ्ग्रेसलाई मङ्गलबार सङघीय बिदाको आग्रह गर्दै यात्राबाट बच्न र “त्रासदीको जोखिम कम गर्न आह्वाहान गर्नु भयो ।
गत शनिबारदेखि नै दुवै स्थानमा वर्षा भइरहेको छ ।

ग्वाटेमालामा, पश्चिमी नगरपालिका सकापुलासको चाकाया गाउँमा आइतबार एक महिला र एक पुरुषको मृत्यु भएको अधिकारीहरूले जनाए ।

इक्वेडरमा पहिरोमा परि मृत्यु हुनेहरूको सङख््या छ बाट बढेर सात पुग्नुका साथै अन्य २२ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

उनीहरुका अनुसार दक्षिणी इक्वेडरको पर्यटक तुङ्गुरहुआ प्रान्तमा भारी वर्षाका कारण पहिरो गएको हो ।

-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !