१४ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

यहि हप्ता धितोपत्र वोर्डले अध्यक्ष पाउने

प्रकाशित मिति :  ४ असार २०८१, मंगलवार १४:४२


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तरर्वार्तामा आएका दुई जनाको र नआएकाहरुबाट परिक्षामा वढी नंवर ल्याउने एक जनाको नाम सिफारिस गरेर क्याविनेटमा पठाउन निर्देशन दिएपछि धितोपत्र वोर्डले यही हप्ता अध्यक्ष पाउने भएको ।

अन्तरर्वार्तामा आएको दुई र नआएका बाट बढी नंवर ल्याउने एक जनाबाटनै वोर्डको अध्यक्ष चयन हुने निर्देशन प्रधानमन्त्री प्रचण्डले दिएपछि वोर्डले यही हप्ता अध्यक्ष पाउने भएको हो ।

वोर्डको अध्यक्षको लागि आबेदन दिएर सर्टलिष्टमा परेका पाँच जनालाई अर्थ मन्त्रालयले कार्ययोजना प्रश्तुती तथा अन्तरर्वार्तामा बोलाएको थियो ।
पाँच जनामध्य तिन जानको नाम सिफारिस गर्नु पर्नेमा बहुमत सदस्य अर्थात तीन जना उपस्थित नभएपछि वोर्डमा तरंग मच्किएको थियो ।

तर प्रधानमन्त्रीको निर्देशनमा यो समस्या हल भएको र अब यही हप्ता अन्र्तरर्वातामा आएका दुई र नआउने तीन मध्य बढी नंवर ल्याउने एकलाई सिफारिस गरेर क्याविनेटमा पठाउन निर्देशन दिएपछि उक्त समस्याको हल भएको छ ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !