२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बजेट प्रधामन्त्री र मन्त्रीको पेवा होइन– जानबहादुर शाही

प्रकाशित मिति :  ४ असार २०८१, मंगलवार १५:०५


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बजेटमा कर्णालीलाई हेपिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलमा भाग लिँदै प्रमुख सचेतक शाहीले बजेटमा विभेद गर्न नपाइने बताउनुभयो ।

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको एउटा जिल्लामा भन्दा कम बजेट कर्णालीलाई छुट्याइएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । बजेट प्रधानमन्त्री र मन्त्रीको पेवा नभएको भन्दै प्रमुख सचेतक शाहीले यसबारे बोल्न र बजेट फेल गर्न कर्णालीका सत्तापक्षका सांसद्लाई आग्रह गर्नुभयो ।

बजेट खाइदिनेलाई के भनौं र खोइ भन्ने गीतबाट सम्बोधन सुरु गर्नुभएका शाहीले कर्णालीलाई बजेट नचाहिने भन्दै बजेट पुस्तिका सभामुखमार्फत अर्थमन्त्रीलाई फिर्ता गर्नुभयो । ’यो बजेटमाथि सांसद्हरुले भोट हालेमा यो जुनीमा होइन अर्को जुनीमा पनि कर्णालीका जनताले सराप्ने छन्, म यो किताब मन्त्री जीलाई सिधै दिन मिल्दैन, म सभामुख मार्फत यो बजेट किताब जस्ताको तस्तै मन्त्री जीलाई दिन चाहन्छु, चाहिँदैन बजेट’– उहाँले भन्नुभयो ।

भौतिक महासेठले धनुषामा आफ्नो र श्रीमती जुलीकुमारी महतोको निर्वाचन क्षेत्रमा तथा एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्र झापामा बढी योजना र रकम विनियोजन गरेको भन्दै प्रमुख सचेतक शाहीले यसबारे एमाले अध्यक्ष ओलीले जवाफ दिनुपर्ने समेत बताउनुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !