२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रतिनिधि सभा बैठक बस्दै, बजेटमा उठेका प्रश्नकाे सम्बन्धित मन्त्रीले जवाफ दिने

प्रकाशित मिति :  ५ असार २०८१, बुधबार ०८:२३


प्रतिनिधिसभा बैठक काठमाडौँ २८ वैशाख ःसंघीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार सङ्घीय संसद बर्षे अधिवेशनअन्तर्गत बसेको प्रतिनिधिसभा बैठक । तस्बिर ः रत्न श्रेष्ठ÷रासस

काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।

बैठकमा सांसद् पुष्पबहादुर शाह, अमरेशकुमार सिंह र ध्रुवबहादुर प्रधानले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

सांसद् प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने संसद् सचिवालयले जनाएकाे छ ।

आजै बस्ने प्रतिनिधि सभाकाे दोस्रो बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री, वन तथा वातावरणमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, शहरी विकासमन्त्री, रक्षामन्त्री, खानेपानीमन्त्री र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिनुहुने संसद् सचिवालयले जनाएकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !