१० माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसद्का प्रश्नको जवाफ दिने

प्रकाशित मिति :  ६ असार २०८१, बिहीबार ०८:५५


काठमाडाैं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसद्हरुका प्रश्नकाे जवाफ दिनुहुने कार्यसूची छ । प्रधानमन्त्रीले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद-९ बमोजिम सांसद्हरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएकाे छ ।

त्यसपछि बैठकमा विनियाेजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफलमा उठेका प्रश्नकाे सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । आजकाे बैठकमा  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय, र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनुहुनेछ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफलको क्रममा उठेका प्रश्नको पनि सम्बन्धित मन्त्रीले जवाफ दिनुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !