२६ असार २०८२, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बाँकेको केही स्थानीय तहमा विद्युत् आपूर्ति बन्द

प्रकाशित मिति :  ६ असार २०८१, बिहीबार १३:४७


नेपालगञ्ज (बाँके) । बाँकेमा गए राति आएको हुरीबतासले विद्युत्को पोलमा क्षति पु¥याउँदा केही स्थानीय तहमा विद्युत् आपूर्ति बन्द भएको छ । जिल्लाको डुडुवा, राप्तीसोनारी, नरैनापुरलगायतका स्थानमा विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण शाखाका प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिनुभयो । उहाँले राप्तीसोनारीको जङ्गलमा रुख ढलेको र त्यसलाई हटाउन केही समय लाग्ने भएकाले विद्युत् आपूर्ति सहज गराउन समय लाग्ने बताउनुभयो ।
प्रमुख लामिछानेका अनुसार कोहलपुरमा नौ, डुडुवामा नौ, खजुरामा आठ र राप्तीसोनारीमा पाँच गरी ३१ विद्युतीय पोल ढलेको अवस्थामा छन् । अझै कहाँ–कहाँ कति ढलेका छन्, विस्तृत विवरण आएको छैन्, उहाँले भन्नुभयो ।कोहलपुरको पिप्रहवामा ढलेको रुख व्यवस्थापन गरेर नेपालगञ्ज बजारमा विद्युत् आपूर्ति गरिने जानकारी दिँदै काम भइरहेकाले धैर्य गर्न स्थानीयलाई आग्रह गर्नुभयो ।
–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !