पानी अभावले रोपाइँमा समस्या
प्रकाशित मिति : 20 June, 2024 2:36 pm
काठमाडाै। असार महिना विशेषगरी धान रोप्ने समय हो ।
जेठको अन्तिम सातासम्म प्रायःजसो जिल्लामा खेतमा रोपाइँ भइसकेको हुन्थ्यो । यस वर्ष पानी नपर्दा यहाँको हिमा र तिलाका किसानले रोपाइँ गर्न पाएका छैनन् । पानी समयमै नपर्दा खेतीयोग्य जमिनमा नै धान रोप्न नसकिएको हिमा–४ का स्थानीय माया रोकायाले जानकारी दिनुभयो ।
सिँचाइ पुगेका खेतबारीमा रोपाइँ सम्पन्न भइसकेको छ । अकाशे पानीको भरमा परेका किसानका लागि यस वर्ष खेतमा रोपाइँ हुने नसकेको किसान बताउँछन् ।
–रासस
0
Shares












