१२ पुष २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

इजरायलमा ९२ हजार विदेशीकादारको कोटा स्वीकृत

प्रकाशित मिति :  ६ असार २०८१, बिहीबार १७:४२


इजरायल । इजरायली सरकारले इजरायलको लागि ९२ हजार विदेशीकादारको कोटा स्वीकृत गरेको छ ।

श्रम अभावलाई सम्बोधन गर्न, इजरायली अधिकारीहरूले कृषि, उद्योग, होटल र रेस्टुरेन्टमा रोजगारीका लागि ९२ हजार विदेशी कामदारहरूको कोटा स्वीकृत गरेको प्रधानमन्त्री कार्यालयले मंगलबार घोषणा गरेको छ ।

रेस्टुरेन्ट उद्योगका लागि विदेशी कामदारलाई अनुमति दिएको यो इजरायलले पहिलो पटक हो ।

९२ हजारमा विशेष गरि ७० प्रतिशत कोटा भने कृषि मजदुरको लागि छुट्याइएको छ भने ३० प्रतिशम मात्रै अन्य क्षेत्रको लागि इजरायलको सरकारले छुट्याएको छ । रेष्टुरेन्टमा भने अहिले दुई हजार कामदारहरुले मात्र कम गर्न पाउने भएका छन् ।

अहिले इजरायलले प्यालेस्टिनी मजदुरहरूलाई हाल सुरक्षा जोखिमका रूपमा प्रतिबन्ध गरेको छ ।

 

 

 


0
Shares

प्रतिक्रिया दिनुहोस !