१२ पुष २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

युक्रेनलाई समर्थन गर्ने रुसी शिक्षकलाई २० वर्ष जेल सजाय

प्रकाशित मिति :  ७ असार २०८१, शुक्रबार १२:३४


काठमाडौं । रुसको शैन्य अदालतले युक्रेनलाई समर्थन गरेको आरोपमा एक रुसी शिक्षकलाई २० वर्षको जेल सजाय तोकेको छ ।

रुस र युक्रेनबीच युद्ध चलिरहेकोमा २७ वर्षीय शिक्षक डेनियल क्लियूकाले युक्रेनको पक्ष लिएको र आर्थिक सहयोग समेत पठाएको आरोपमा अदालतले ‘देशद्रोही’ ठहर गर्दै सजाय सुनाएको हो । रुसी अदालतले युक्रेनसँगको युद्धका क्रममा युक्रेनप्रति सहानुभूति देखाउनेहरुलाई समेत जेल सजाय गरेको छ ।

रुसी सञ्चारमाध्यमहरुका अनुसार ती शिक्षकले युक्रेनी कोष ‘कम ब्याक अलाइभ’ मा २० हजारदेखि एक लाख रुबलसम्म पठाएको खुलेको जनाएका छन् । सो कोषले युक्रेनी सेनाका लागि पैसा जम्मा गर्ने गरेको छ । ती शिक्षक सन् २०२३ को फेब्रुअरीमै पक्राउ परेका थिए ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !