३१ असार २०८२, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपाल पत्रकार महासंघको चुनाव असार २२ मा हुने

प्रकाशित मिति :  ८ असार २०८१, शनिबार ०८:०९


काठमाडौं । नेपाल पत्रकार महासंघको चुनाव यही असार २२ गते हुने भएको छ ।

महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रबार राती सार्वजनिक गरेको कार्यतालिकाअनुसार असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको छ ।

सूचना निकाल्ना साथ महासंघले हिजै मतदाता नामावली प्रकाशन गरी मतदाता नामावलीमा दाबी विरोध गर्न १० गते बिहान १० बजे सम्मको समयावधी तोकेको छ ।

अन्तिम नामावली भने १२ गते अपराह्न ४ बजे प्रकाशन गरिने जनाएको छ ।

यस्तै, उम्मेदवारको मनोनयन दर्ता नामावली प्रकाशन असार १३ गते गरिने महासंघले जनाएको छ। उम्मेदवारको अन्तिम नामावली असार १५ गते प्रकाशन गरिनेछ।

यसअघि जेठ २६ गते हुने भनिएको चुनाव मतदाता नामावलीका विषयमा उत्पन्न विवादका कारण रोकिएको थियो ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !