३० श्रावण २०८३, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दमौली अस्पतालमा थपिए दुई थान डायलाइसिस मेसिन

प्रकाशित मिति :  23 June, 2024 10:04 am


तनहुँ । संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै संयुक्त लगानीको निजी क्षेत्रको कम्पनी सूर्य नेपालले दमौली अस्पताललाई २८ लाख बराबरका दुई थान हेमोडायलाइसिस मेसिन प्रदान गरेको छ ।
कम्पनीका जनसम्पर्क प्रमुख अन्जन दवाडीले दमौली अस्पतालका प्रमुख डा.परिवर्तन बराललाई शनिबार ती मेसिन हस्तान्तरण गर्नुभएको हो ।

अस्पतालमा हाल दश वटा डायलाइसिस मेसिन छन् । अस्पतालले दैनिक आठ वटा मेसिन सञ्चालन गरेर ५६ जना मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा प्रवाह गरिरहेको डा.बरालले राससलाई जानकारी दिनुभयो । एउटा मेसिनबाट दैनिक तीन जना बिरामीको सेवा भइरहेको छ ।

 

 

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !