९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

हिमालयन उर्जालाई हकप्रद शेयर निष्काशन गर्न स्वीकृती, शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

प्रकाशित मिति :  ९ असार २०८१, आईतवार ११:३१


काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिमालयन उर्जा विकास कम्पनी लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको छ । बोर्डले कम्पनीलाई असार ७ गते हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको हो ।

 

कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

हाल कम्पनीको चुक्ता पूँजी ९९ करोड रुपैयाँ रहेको छ। शतप्रतिशत हकप्रद शेयर निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ।


0
Shares

प्रतिक्रिया दिनुहोस !