१४ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्याउन सकिन्छ– अर्थसचिव मरासिनी

प्रकाशित मिति :  ९ असार २०८१, आईतवार ११:४२


काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले आर्थिक वृृद्धिदर ७ प्रतिशतसम्म पु¥याउन सकिने बताउनु भएको छ । नेपाल आर्थिक पत्रकार संघले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

अर्थसचिवले कार्यक्रममा वोल्दै भन्नुभयो ‘पछिल्लो समय अर्थतन्त्र सुधार हुँदै गएकोले आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्याउन सकिन्छ, हामीले ६ प्रतिशतको मात्रै लक्ष्य राखेका छौं, त्योभन्दा पनि बढी हासिल गर्ने गरि काम गर्न सकिने स्थिति बनिरहेको छ।’

उहाँले अहिले अर्थतन्त्र सही मार्गमा अघि बढेको र आर्थिक गतिविधि बढ्ने स्थिति बनिसकेको पनि बताउनु भयो । तर, त्यसलाई तीव्रता दिन र अर्थतन्त्रमा चाँडो सुधार ल्याउन हाल चलिरहेको भाष्यमा सुधार ल्याउन आवश्यक रहेको समेत बताउनुभयो ।

उहाँले पछिल्ल्लो समय बैंकका लिलामीका सूचना देख्दा दुःख लाग्ने गरेको अनुभव समेत सुनाउनुभयो । यो समस्याको समाधानका लागि सबैको सहकार्यमार्फत् अगाडि बढ्नुपर्ने यसका लागि उहाँको भनाई रहेको छ ।
यस्तै, मरासिनीले प्रतिव्यक्ति आयको हिसाबमा एशियामा नेपाल केही पछाडि भएपनि वित्तीय स्थिरता तथा आधारभूत सूचकहरूमा अन्य देशको तुलनामा अगाडि नै रहेको धारणा राख्नुभयो । अनि पछिल्लो समय अधिकांश मानिसहरूले बजेटको भन्दा मौद्रिक नीतिमाथि विश्वास गर्दा चिन्ता र चुनौति पनि थपिएको समेत बताउनुभयो ।

 

अहिले कर्जा बढाउनुपर्ने अवस्थामा चार प्रतिशत कर्जालेमात्र नपुग्ने पनि कार्यक्रममा उहाँले बताउनु भयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !