२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मलेसियामा लोकेसन पत्ता लाग्यो भनेर गृह मन्त्रीको जीबी राईलाई भगाउने नियत देखियो

प्रकाशित मिति :  ९ असार २०८१, आईतवार १३:००


काठमाडौं । प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले गृह मन्त्रीले देशका गोप्य सूचना मिडियामा बिस्कुन लगाएको भन्दै आलोचना गर्नुभएको छ ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै शर्माले गोरखा मिडियाका मालिक जेबी राईको लोकेसन पत्ता लागेको र आफू मलेसियाका गृह मन्त्रीको सम्पर्कमा रहेको भनि सुरक्षा सम्बन्धी गोप्य सूचना बाहिर ल्याएको बताउनुभयो । हाम्रो गृह मन्त्रीले गोप्य सूचनाको राजपत्रमा प्रकाशित गर्नमा बाहेक मिडियामा बिस्कुन लगाउनु हुन्छ’, उहाँले भन्नुभयो ।

गोरखा मिडियाका तत्कालीन दुई जना मालिक मध्ये एक जना जीबी राई फरार रहेका र एक जना रवि लामिछाने गृह मन्त्री रहेका कुरा संसारलाई थाहा भएको उहाँले बताउनुभयो । सहकारी ठगी प्रकरणमा फरार भएको व्यावसायिक साथीलाई सहकारी ठगीमा नै अनुसन्धानको दायमा रहेका गृह मन्त्रीले गिरफ्तार गर्नु छ, त्यसैले लोकेसन पत्ता लागिसक्यो भनेर माइकबाटै फुक्नुको अर्थ के हुन्छ ? अभियुक्त पक्डिने के नयाँ शैली हो ? केटाकेटी पन हो या भगाउने नियत हो ?’, उहाँले प्रश्न गर्नुभयो ।

देशलाई जीबीको लोकेसन नभई जीबी राई चाहिएको उहाँले बताउनुभयो । गृह मन्त्रीले लोकेसन पत्ता लाग्यो भनेको चार दिनसम्म पनि उहाँलाई किन पक्राउ गर्न नसकिएको भन्दै उहाँले प्रश्न गर्नुभयो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको मुद्दाको बहस सन्न आएका पीडितलाई सर्वोच्च अदालतले प्रवेश अनुमति दिएको भए पनि गृह मन्त्रीले प्रहरी लगाएर उहाँहरूलाई भित्र जानबाट रोक्नुले पनि उहाँको नियत प्रष्ट भएको शर्माले बताउनुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !