९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमजीको विद्युतिय कार किन्दा पेट्रोल हाल्ने खर्चले पुग्छ किस्ता तिर्न

प्रकाशित मिति :  ९ असार २०८१, आईतवार १३:२९


काठमाडौं । नेपालमा सरकारले विद्युतिय सवारीलाई भारी छुट दिइराखेको छ ।

विद्युतिय कार किन्दा २० प्रतिशत मात्र डाउन पेमेन्ट गरेर समेत किन्न सकिने छ ।

यस्तो वेलमा अहिले एमजीले नेपालमा ल्याएको ल्याएको कोमेट कारको अहिले देशभर चर्चा चलिरहेको छ ।

यसको चर्चा चल्नुको खास कारण हो यो कार सामान्य आम्दानी गर्ने मानिसले पनि चढ्न सक्नु ।

हो यो कार २० प्रतिशत डाउन पेमेन्ट गरेर मासिक १४ हजार किस्ता तिर्दा लिन सकिन्छ ।
१४ हजार भनेको अहिलेको समयामा सामान्य हिड्दा पनि पेट्रोल गाडीमा एम महिनाको पेट्रोल खर्च हो ।

त्यसले अहिले पेट्रोल हाल्ने खर्चले किस्ता तिर्न पुग्ने गरि यो कार नेपालमा उपलब्ध छ ।

एमजी कोमेट नेपालमा दुई भेरियन्टमा उपलब्ध छ । ब्याट्री, मोटर लगायत समान साइजमा उपलब्ध कोमेटको इन्टेरियरमा भने परिवर्तन पाउन सकिन्छ । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत भन्सार वृद्धि र अन्तःशुल्क लगाएको भएपनि कम्पनीले मूल्य परिवर्तन नगर्ने भएको छ ।

‘बजेटले कर वृद्धि गरेपनि कोमेटको मूल्य तत्काल नबढाउने निर्णय भएको छ । सहरी क्षेत्रको लागि निकै उपयोगी र किफायती कोमेट अहिलेसम्म बजारमा २०० भन्दा बढी यूनिट बिक्री भइसकेको छ’, पारामाउन्ट मोटर्सका जनरल मेनेजर सचिन अर्यालले मेरोअटोसँग भने ।

 

कोमेटको इन्ट्री भेरियन्टको मूल्य १७ लाख ९९ हजार र टप भेरियन्टको मूल्य २० लाख ९९ हजार रुपैयाँ रहेको छ । यसको इन्ट्री भेरियन्ट किन्नेले ५० प्रतिशत डाउन पेमेन्ट गरेर गाडी किन्ने हो भने मासिक १४ हजार ७०० रुपैयाँ किस्ता तिर्दा पुग्छ ।

गाडीको मूल्यको ५० प्रतिशत रकम डाउन पेमेन्ट वापत बुझाउँदा ८ लाख ९९ हजार ५०० रुपैयाँ सुरुमा तिर्नु पर्छ । अहिले बैंकहरुले ९.५ प्रतिशत भित्रै अटो कर्जा उपलब्ध गराउँदै आएको छ । कर्जा अवधि पनि ७ वर्षको पायने भएको कारण गाडी किन्ने मानिसले पेट्रोल कारमा पेट्रोल हाल्ने पैसा मासिक किस्ता बुझाउँदा पुग्छ ।

पृथक डिजाइनमा तयार भएको एमजी कोमेटमा १७.३ किलोवाट आवरको ब्याट्री र ३० किलोवाटको इलेक्ट्रीक मोटर दिइएको छ । सिंगल चार्जमा २०० किलोमिटर सहजै यात्रा गर्न सकिने कोमेटमा ४ जनाले आरामदायी यात्रा गर्न सक्नेछन्


0
Shares

प्रतिक्रिया दिनुहोस !