१४ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपालमा चिनियाँ ईभी धेरै लोकप्रिय

प्रकाशित मिति :  ९ असार २०८१, आईतवार १३:५१


काठमाडौं । अहिले नेपालमा धमाधम चिनियाँ ईभीले धेरै हिस्सा ओगेटेको पाईन्छ । अहिले चिनियाँ कारको नेपालमा हिस्सा मात्रै ५१ प्रतिशत पुगरेको हो ।

तर यो ५१ प्रतिशत भनेको इभिमा मात्र हो ।

अहिले नेपालमा मात्र नभएर विश्वमै इभी एकदमै लोकप्रिय मानिन्छ । नेपाल सरकारले समेत विषेश छुट दिएको कारणले गर्दा इभि प्रति आम मानिसको आर्कषण वढिरहेको पाइन्छ ।
यो आर्थिक वर्ष चिनियाँ कारको लागि नेपाल स्वर्ण वर्ष बन्यो । चालु आर्थिक वर्षको ११ महिनामामात्र पनि चीनबाट सात हजार ९४५ यूनिट कार आयात भयो ।

साउनदेखि जेठ मसान्तसम्मको अवधिमा कुल १५ हजार ४७६ यूनिट कार आयात भएको देखिन्छ । उक्त आयातमा एम्बुलेन्सको लागि ल्याइएको १४९ यूनिट पनि यसमा समावेस गरिएको छ ।

उक्त आयातमा चीनबाट आएका ५० किलोवाट क्षमताका इलेक्ट्रीक माइक्रो भ्यानको संख्या पनि जोडिएको छ ।

नेपालमा वार्षिक औषत १२ देखि १४ हजार यूनिट कार बिक्री हुने गर्छ । चालु आर्थिक वर्षमा अहिलेसम्मको आयात हेर्दा राम्रै वृद्धि देखिएको छ । दुई वर्षअघिसम्म नेपालमा बिक्री हुने कारको झण्डै ८५ प्रतिशत भारत, ७ प्रतिशत चीन र अन्यदेशबाट ८ प्रतिशत गाडी आयात हुने गरेकोमा चालु आर्थिक वर्ष २०८०/८१ मा चिनियाँ कारको आयात ५१ प्रतिशत माथि पुगेको हो ।

चीनबाट सबैभन्दा धेरै कार बीवाइडी आयत भएको छ । एक वर्षको दौरान बीवाइडीले झण्डै ४ हजार यूनिट कार आयात गरेको हो । त्योसँगै दोस्रो धेरै कार एमजीले आयात गरेको देखिन्छ ।

एमजीपछि ओमोडा, दिपल, विलिङ, जस्ता ब्राण्डका विद्युतीय कार धेरै आयात भएका छन् । भारतबाट आएका कारको हिस्सा घटेको हो । तथापि, साना विद्युतीय कार तीन हजार दुई सय ३५ यूनिट भारतबाट आयात भएको देखिन्छ ।

यस अवधिमा विभिन्न देशबाट आयात भएको ४ हजार १० यूनिट पेट्रोलियम पदार्थबाट चल्ने कार छन् । पेट्रोलियम पदार्थबाट चल्ने कार केबल १४ यूनिट मात्रै आयात भएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !