नेपाली गाडीको वजारमा अवतारको ईन्ट्री, सीजी र एमएडब्लुले बिक्री गर्ने
काठमाडौं । नेपाली गाडीको बजारमा अब अबतार इभीको ईन्ट्री भएको छ ।
सीजी मोटर्स र एमएडब्लु ग्रुपले संयुक्त रुपमा बिक्री गर्न लागेको अवतार ब्रान्डको नयाँ ईभी नेपाली बजारका लागि प्रस्थान गरेको छ ।
अहिले सुरुवाती चरणमा अबतारको चार वटा गाडी मात्र नेपाल आउने छन् ।
हुवावे, सीएटीएल र चांगनको संयुक्त लगानीमा बिकास गरिएको अवतार एक प्रिमियम ईभी ब्रान्ड हो । सन् २०१८ मा स्थापना भएको अवतार टेक्नोलोजी कम्पनीले त्यसको ४ वर्षपछि अर्थात सन् २०२२ मा पहिलो मोडल अवतार ११ ल्याएको थियो । सोही कार राइट ह्यान्ड ड्राइभमा समेत आएपछि नेपाली बजारमा भित्रिन लागेको हो ।
मिड साइज लक्जरी फास्ट ट्र्याक क्रसओभर सेग्मेन्टको यो नयाँ कारमा ९०.३८ किलोवाट आवर र ११६.७९ किलोवाट आवरको ब्याट्री प्याक अप्सन दिइएको छ । नेपाली बजारमा संभवत यसको ९०.३८ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडित भेरिएन्ट आउने अनुमान गर्न सकिन्छ । ७५० भोल्टको हाई भोल्टेज प्लेटफर्मममा निर्मित यो कारले २४० किलोवाट आवरको फास्ट चार्जर समेत सपोर्ट गर्दछ ।
यो कार रियर ह्विल र अल ह्विल ड्राइभ अप्सनमा उपलब्ध रहँदै आएको छ । जसअनुसार रियर ह्विल ड्राइभ भर्सनमा २३० किलोवाट र अल ह्विल ड्राइभमा ४२५ किलोवाट आवरको इलेक्ट्रिक मोटर जडान गरिएको छ । उच्च मोटर क्षमता र ठूलो साइजको ब्याट्री प्याकका कारण यो निकै पावरफुल र उच्च मइलेजयुक्त छ ।
यसमा जडान गरिएको ९०.३८ किलोवाट आवर क्षमतायुक्त भेरिएन्टले सिंगल चार्जमा ५५५ र ठूलो ब्याट्री प्याकले ६८० किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।
यो प्रिमियम ईभीमा १५.६ इन्चको इन्फोटेन्मेन्ट स्क्रिन, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, र १०.२५ इन्चकै अर्को प्यासेन्जर डिस्प्ले राखिएको छ । कारमा दुईवटा वारयलेस चार्जिङ प्याड, १४–स्पिकर साउन्ड सिस्टम र ३४ वटा सेन्सर जडित इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम लगायत अन्य थुप्रै प्रकारका अत्याधुनिक सुविधा दिइएको छ ।