१४ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

किसान र जाल्पा मिल्दा वन्यो मातृभूमि लघुवित्त, असार २७ बाट एकीकृत कारोबार

प्रकाशित मिति :  ९ असार २०८१, आईतवार १४:१०


काठमाडौं । किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त आपसमा गाभिएर बनेको मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेबाट एकीकृत कारोबार सुरू गर्ने भएको छ ।

२०८० चैत ९ गते दुवै संस्थाको छुट्टाछुट्टै बसेको वार्षिक साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो ।

नेपाल राष्ट्र बैंकले भने यही जेठ २९ गते गाभ्ने गाभिने कार्यलाई अन्तिम स्वीकृति प्रदान गरेको थियो । सोसँगै जेठ २८ गतेसम्म किसान लघुवित्त र जाल्पा सामुदायिक लुघवित्तमा रहेका ग्राहकको सम्पत्ति तथा दायित्व नयाँ संस्था मातृभूमि लघुवित्तले सकार्ने बताइएको छ ।

नयाँ संस्थाबाट असार २७ गतेदेखि एकीकृत कारोबार सुरु हुनेछ ।साथै, एकीकृत कारोबारका लागि डेटा माइग्रेसन प्रयोजनका लागि असार २६ गते दुवै संस्थाले प्रदान गर्दै आइरहेको कारोबार बन्द रहनेछ ।

संस्थाको केन्द्रीय कार्यालय कैलालीको लम्कीचुहामा र कर्पोरेट कार्यालय बूढानीलकण्ठ काठमाडौंमा रहने भनिएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !