२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

‘सेनाको भर्ना तथा सरुवा–बढुवामा कुनै किसिमको भेद्भाव छैन्’

प्रकाशित मिति :  ९ असार २०८१, आईतवार १५:०८


काठमाडौं । रक्षा मन्त्री हरी उप्रेतीले, नेपाली सेनाको भर्ना प्रक्रिया तथा सरुवा बढुवामा कुनै किसिमको भेद्भाव नरहेको दाबी गरेका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको उत्तर दिँदै मन्त्री उप्रेतीले नेपाली सेनामा कुनै जात जाति धर्म वर्ग समुदाय र क्षेत्रको आधारमा भेदुभाव नहुने बताएका हुन् ।

उनले भने, ‘नेपाली सेनाको भर्ना प्रक्रिया तथा सरुवा बढुवामा भेद्भाव सम्बन्धमा प्रश्न उठेको छ । नेपाली सेनामा कुनै जात जाति धर्म वर्ग समुदाय र क्षेत्रको आधारमा भेदुभाव हुँदैन् । र हुने छैन् र त्यस्तो भएमा मेरो जानकारीमा आउँनुपर्यो । किनकी नेपाली सेनाभित्र ने भेद्भाव भयो भने द्धोन्द्धको कहिल्यै अन्त्य हुँदैन् । जहाँ भेद्भाव हुन्छ त्यहाँ विद्रोह र द्धोन्द हुन्छ । त्यहीबाट द्धोन्द्ध पीडित निस्कदा अर्को चरणको द्धोन्द सुरु हुन्छ ।’

मन्त्री उप्रेतीले राष्ट्रिय सुरक्षा सम्बन्धी विधेयक तर्जुमा भई हाल प्रक्रियामा अगाडि बढिरहेको जानकारी दिनुभयाे ।

राष्ट्रिय सुरक्षा सम्बन्धी वक्तव्यहरु दिनेहरु विदेशमा गएर फेटा बाँध्दै पास्पोर्ट एउटै भएपनि हुन्छ भन्ने र नेपाल आएर नेपाली सेनाको विरोध गर्ने कुरालाई सुरक्षा परिषद्को विधेयकले नियाल्ने कारण चाँडो पारित गर्न जरुरी रहको उहाँको भनाइ छ ।

‘रक्षा मन्त्रालयको बिशेष चासोमा राष्ट्रिय सुरक्षा सम्बन्धी विधेयक तर्जुमा भई हाल प्रक्रियामा अगाडि बढिरहेको छ । म मन्त्रालयमा आएपछि राष्ट्रिय सुरक्षा सम्बन्धी विधेयक अगाडि बढाएको जानकारी गराउन चाहान्छु । र राष्ट्रिय सुरक्षा सम्बन्धी वत्तव्यहरु दिने विदेशमा गएर फेटा बाँधदै पास्पोर्ट एउटै भएपनि हुन्छ भन्ने र यहाँ आएर नेपाली सेनाको विरोध गर्ने कुरालाई पनि जानकारीको रुपमा सुरक्षा परिषद्को विधेयकले त्यसलाई नियाल्ने छ । त्यो विधेयकलाई पनि यहाँ पारित गर्न जरुरी छ’, मन्त्री उप्रेतीले भने ।


0
Shares

प्रतिक्रिया दिनुहोस !