विदेशमा पनि कहाँ सजिलो हुन्छ र ? त्यसैले जे गरौं नेपालमै गरौं
काठमाडौं । जे गर्छु नेपालमै गर्छुै । वाहिर त जाँदै जादिन भन्ने मानिसको जमात पनि अहिले वढ्दो छ । भने अर्को तर्फ हेर्दा नेपालमा केही गर्न सकिदैन भनेर जाने मानिसको जमात पनि छ । तर यी दुबैको जमाताको हिसाव गर्ने हो भने नेपाल बस्ने मानिसको जमान भन्दा वाहिर जानेको जमात धेरै गुणा वढी छ ।
जे गर्छु नेपालमै गर्छु भन्ने मानिसको जमात अहिले नेपालमा भने धरै पातलो भईसकेको छ । तर जे गर्छु विदेशमै गर्छु । उतै बस्छु भन्ने मानिसको जमात अहिले धेरै छ ।
अहिले नेपालमा १२ पास गर्ने वित्तिकै विदेश जाने विद्यार्थी लर्को लाग्ने गरेको छ । नेपालमा पढेर केही हुँदैन । के हुनु पढेपछि नेपालमा जागिर त छैन । ब? विदेमा पढ्न जान्छु उतै बस्छु । केही वर्ष दुःख होला तर लाईफ त स्यक्वर हुन्छ नि । भन्ने विद्यार्थी को जामात पनि अहिले बढ्दो छ ।
छिमेकीको छोरा छोरी अमेरिका, क्यानेडा, अष्ट्रेलिया गए । हाम्रो गएन । अब यसले नेपालमा बसेर के नै गर्छ र भनेर जवरजस्ती अभिभावकले नै आफ्ना छोरा सन्तानलाई वाहिर पठाउने चलन पनि नेपालमा व्यापक छ ।
यस्तै विभिन्न कारण देखाउदै म पनि जान्छु भन्दै युवा विद्यार्थीले देश छाडिरहेका छन् । तर नर्फकने गरि ।
जतिपनि नेपालबाट विद्यार्थी विदेश गईरहेका छन् लगभग ति सबै नेपाली उतै बस्नेगरि गएका हुन् । एका दुई मात्र स्वदेश फर्कने हुन् । तर नेपालबाट काम गर्न भनेर पनि मानिस विदेश गइराखेका छन् । जस्तै साउदी, कतार दुबही, कोरिया, जापान जस्ता मुलुकमा नेपालहीहरु काम गर्न गइरहेका छन् । तर जति ती देशमा नेपाली काम गर्न गइरहेका छन् ती सबै पछि नेपाल आउनेगरि गएका हुन् ।
तर विद्यार्थी र उहीहरुको विदेश गई फरक रहेको म देख्छु ।
फेरी सबै विद्यार्थीलाई एउटै वर्गमा राखेर भन्न पनि मिल्दैन । तर युरोप, अमेरिका, क्यानेडा, अष्ट्रेलिया, लागएत देश गएका नेपालीह? भने उत्तै सेटल हुन गएको वुझिन्छ एका दुई बाहेक ।
उनीहरु नेपालमा पढ्न नपाएर हैन । उनीह?ले नेपालमा पढ्न चाहेको विषय पनि नभएर होइन । मात्र उनिहरु नेपालमा केही हुँदैन भनेर विदेश पढ्न र उत्तै सेटल हुन गएका हुन् ।
तर उनीहरुले के पनि बुझ्न ज?री रहन्थ्यो भने । नेपालमा पनि गर्दा केही चाही अबस्य हुन्थ्यो । आफ्नै माटोमा केही पौरख गर्दा कालारान्तरमा अबस्य पनि सफल भइन्छ ।
हुनत नेपालमा अस्थिर राजनीतिले गर्दा पनि केही विकासको आयोजनाह? सफल हुन सकेका छै्रनन् । जस्तै उदाहरणका लागि हामि लिन सक्छै चीन नेपाल मैत्री आद्योगिक पार्क । चीन नेपाल मैत्री औद्योगिक पार्कले धेरै नेपालहरुलाई जागिर दिन्थ्यो । त्यो वन्दा नेपालमा पनि धेरै उत्पादनहरु हुने गर्थ्यो । जसले गर्दा आयात धेरै बढी र निर्यात कम हुने हाम्रो जस्तो मुलकलाई । आयात कम गरेर निर्यात वढाउने यो एक नंवरको उपाए हुने थियो । आफ्नो देशले वनाउन नसक्दा अरुले बनाईदिन्छु भनेको यो परियोजना त रोक्ने नेपालको सरकारबाट नेपालका युवा विद्यार्थीले भने के सिक्ने ।
तर पनि यसरी पढाइको बहाना बनाएर विदेशिने नेपालीको संख्या नरोकिने हो भने एक दिन नेपालले पक्कै पनि पछुत्ताउनु पर्ने हुन्छ ।
तर आर्को कुरा । नेपालमा सरकारको आस नगरी आफै केही गर्ने हो भने पनि अवस्य पनि राम्रो गर्न सकिन्छ । तर त्यसको लागि सिप भने पक्कै सिक्नु पर्छ । सिप पनि नसिकिकन यत्तिकै नेपालमा केही हुँदैन भन्नु पक्कै पनि यो राम्रो भने होइन । सरकारले केही गरेन भनेर देशलाई दोष दिनु पक्कै पनि हुदैन ।
हुनत सरकारले पनि देशमा कल कारखाना खोलौ, युवा विद्यार्थी यही रोकौ भन्ने अबधारणा पक्कै पनि लिएको पाइदैन । किनभने कलकारखान खोल्ने युवा रोक्ने हो भने बन्न अन्तिम चरणमा भएको चीन नेपाल औद्योगिक पार्कको निमार्ण किन विभिन्न वहाना वनाएर रोक्नु पर्थ्यो ।
किन वीआरआई जस्तो नेपालको लागि अति आवाश्यक चीजमा विभिन्न समस्या देखाउँदै कार्यनयनमा वाधा पुर्याउनु पर्थ्यो । यी दुई उदाहरणबाट पनि अहिलेको जस्तो सरकारबाट युवा विद्यार्थीको लागि केही पनि हुदैन भन्ने कुरा प्रश्ट हुन्छ ।
विश्वका धेरै गरिव देश धनी देशको लगानीबाट धनी वनेका छन् । तर नेपालमा अरु देशले लगानी गर्छु र लगानी गर्न ठिक्क पर्दा पनि रोक्नु पक्कै पनि यो देश र देशवासीको लागि भने सुखद् कुरा भने होईन ।
तर पनि राज्यले नै नगरेपनि आफै राज्य र देश वनाउन लाग्नु पर्ने जिम्मा हामि नेपालीहरुको लागि आईसकेको छ । त्यसैक कारण म भन्छु एक पटक त देशमा प्रयास गर । बाझो जमिन मा पसिना वगाउने प्रयत्न गर । मरमूमीमा पसिना वगाउदा हराभरा हुन्छ भने हाम्रो देशमा पसिना वगाउदाँ के हुन्छ । अबस्य यो देश स्वर्ग हुन्छ । तर एक चोटी प्रयास भने पक्कै पनि गर्नु पर्ने हुन्छ ।
मैले यो भन्दै गर्दा विदेश नजाउ जानै हुदैन भन्न पनि खोजेको होइन । तर विदेश जाउ तर पछि नेपाल फर्केर आउ । स्वदेमा पनि पढ । विदेशमा पनि पढ तर पढेका कुरा कार्यनयन चाँही नेपालमै गर । अबस्य नेपाल बन्छ । हामिलाई अ?को देशमा कालारान्तरमा सुःख भने पक्कै पनि हुने छैन् जति आफ्नौ देशमा हुन्छ ।
नेताले देश विगारे भनेर वाहिर जानु भन्दा नेताले विगारेको देश म बनाउछु । भनेर नेपालमै बस्नुनै उपयुक्त हुन्छ ।
त्यसैले म भन्छु जे गर्छु नेपालमै गर्छु भन्ने आत्मासाथ बोकेर अघि बढ्नुको नेपालीहरुलाई कुनै विकल्प छैन् ।