चीनका उपविदेशमन्त्री सुन वेइडोङ आज नेपाल आउँदै
प्रकाशित मिति : 24 June, 2024 11:04 am
काठमाडाैं । चीनका उपविदेशमन्त्री सुन वेइडोङ आज नेपाल आउनुहुने भएकाे छ ।
नेपालकाे ३ दिने औपचारिक भ्रमणका लागि चिनियाँ उपविदेशमन्त्री सुन आज काठमाडाैं आउन लाग्नुभएकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ । उहाँ भाेलि मंगलबार काठमाडौंमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुनुहुने कार्यक्रम छ ।
नेपाल रहँदा चिनियाँ उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेकाे पनि परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।
उहाँ असार १२ गते स्वदेश फर्किनुहुनेछ ।
0
Shares












