२१ माघ २०८२, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

१०१ रुपैयाँमै निफ्राको सेयर बिक्रीमा

प्रकाशित मिति :  24 June, 2024 2:15 pm


काठमाडौं । एनआईसी एसिया बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको निफ्राको १० लाख कित्ता संस्थापक सेयर आज असार १० गतेबाट लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागेको हो ।

आज देखि बिक्रीमा आएको सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। असार १७ गतेसम्मलाई आवेदन दिने म्याद तोकिएको छ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

बिक्रीमा राखिएको निफ्राको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०१ रुपैयाँ तोकिएको छ। अर्थात,बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्ने हुन्छ।

बोलपत्र एनआईसी एसिया बैंकको काठमाडौं थापाथलीस्थित कर्पोरेट कार्यालयका साथै शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत तथा काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयमा पेस गर्न सक्ने सूचनामा उल्लेख छ।


0
Shares

प्रतिक्रिया दिनुहोस !