११ पुष २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आठौं ’चीन–दक्षिण एसिया एक्स्पो’ साउनमा हुने

प्रकाशित मिति :  १० असार २०८१, सोमबार १४:२२


बेइजिङ । नेपाल लगायत दक्षिण एसियाली मुलुकहरूसँग व्यापारिक जमघट गराउने उद्देश्यले चीनले आयोजना गर्दै आएको ’चीन–दक्षिण एसिया एक्स्पो’ आगामी साउनमा हुने भएको छ ।

चीनको वाणिज्य मन्त्रालय, युननान प्रान्त सरकारले संयुक्त रुपमा आयोजना गर्ने आठौं चीन–दक्षिण एसिया एक्स्पो र २८औं चीनको खुनमिङ आयात निर्यात मेला आउँदो साउन ८ देखि १३ गतेसम्म अर्थात् जुलाई २३ देखि २८ तारिखसम्म खुनमिङ सहरमा आयोजना हुने भएको हो ।

एकता र सहकार्य, विकासको साझा खोजी’ भन्ने नाराका साथ आयोजना हुने एक्स्पोको आठौं संस्करण अनलाइन र अफलाइनको तरिकामार्फत गरिने जनाइएको छ ।

यसपटकको एक्स्पोमा पन्ध्र वटा मण्डप तय गरिएको छ भने प्रदर्शनीको कुल क्षेत्रफल १ लाख ५० हजार वर्गमिटर पुग्ने जनाइएको छ। एक्स्पोले व्यापार, लगानी, पर्यटन सहकार्य, सांस्कृतिक आदान–प्रदानको अवसर निम्त्याउनुका साथै बीआरआई निर्माणको उच्च गुणस्तरीय विकासलाई पनि प्रवर्द्धन गर्नेछ ।

दक्षिण एसिया तथा चीनसँग अर्तरक्रिया गर्न सहज हुने भएकाले नेपालले पनि यस एक्स्पोमा सक्रियताका साथ भाग लिँदै आएको छ । गत वर्ष अगष्टमा आयोजित सातौं एक्स्पोमा नेपालबाट उपरराष्ट्रपति रामसहायप्रसाद यादवले उपस्थिति जनाए। त्यतिखेर नेपाललाई ‘थीम कन्ट्री’ तोकिएको थियो भने एक सयभन्दा बढी नेपाली व्यवसायीले एक्स्पोमा आफ्ना उत्पादन प्रदर्शन गरेका थिए। एक्स्पोमा नेपाल थिममा रहेको मण्डप बनाइएको थियो ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !