२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सुरु, बीआरआइकाे विषयमा छलफल हुँदै

प्रकाशित मिति :  ११ असार २०८१, मंगलवार १४:५४


काठमाडौं ।  नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक  सुरु भएको छ ।

काठमाडौंमा  सुरु भएको १६औँ बैठकमा नेपाल र चीन बीच द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकको नेतृत्व नेपालका तर्फबाट सचिव लम्साल र चिनियाँ पक्षबाट चीनका उपविदेशमन्त्री सुन वेइडोङले गर्नुभएकाे छ । परराष्ट्र मन्त्रालयका अनुसार नेपालले छलफलका लागि चीनको सहयोग, व्यापार, लगानी र पर्यटन प्रबर्द्धन, कनेक्टिभिटी विस्तार तथा कृषि, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलगायत एजेन्डा तय गरेको छ।

अहिले बीआरआइकाे विषयमा छलफल भएकाे स्राेतले बताएकाे छ ।  तर प्रधानमन्त्री प्रचण्डले बीआरआइमा तत्काल हस्ताक्षर नहुने भनेर संसदमा बताउनु भएकाे छ ।

 

नेपालमा बीआरआइ कार्यनयन हुन नदिन देश विदेशका शत्तीराष्टलागेका छन् ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !