३० श्रावण २०८३, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको भूमि नेपालकै हो – प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति :  25 June, 2024 3:34 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाकाली नदीपूर्वका कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको भूमि नेपालकै हो भन्नेमा कुनै दुईमत नरहेको कुरा बताउनुभएको छ ।
आज प्रतिनिधि सभाको बसेको बैठकमा परराष्ट्र मन्त्रालयको मन्त्रालयगत बजेटबारे सांसदहरूका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्रीले भन्नुभयो–‘नेपालको अन्तर्राष्ट्रिय सीमाबारे हामी दृढ छौँ । यसबारेमा हाम्रो अभूतपूर्व राष्ट्रिय सहमति कायम भएको छ। २०७७ असार ४ गते संविधान संशोधनका क्रममा अनुसूची ३ मा रहेको निशान छाप अद्यावधिकाका लागि हामीले राष्ट्रिय एकता देखाएका थियौँ’, उनले भने, ‘१८१६ को सुगौली सन्धी बमोजिम लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितका महाकाली पूर्वको भूगोल नेपालको हो भन्ने कुरामा हामी दृढ छौँ ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !