११ पुष २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

इजरायलमा ८ सय नेपालीका लागि जागिर खुल्यो, मासिक तलब कति ? को-को जान पाउँछन् ?

प्रकाशित मिति :  १२ असार २०८१, बुधबार ०९:४४


काठमाडाैं । इजरायलमा ८ सय जना नेपालीका लागि जागिर खुलेकाे छ ।

इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि ८ सय नेपाली कामदार मागेकाे हाे । नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार इजरायलकाे दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न ८ सय जनाका लागि आवेदन खुलेकाे वैदेशिक रोजगार विभागले मंगलबार (असार ११) निकालेकाे सूचनामा उल्लेख छ ।

८ सय जनामध्ये ५ सय जनालाई मुख्य र ३ सय जनालाई वैकल्पिकमा उम्मेदवारमा राखिएकाे छ ।

२५ देखि ४५ वर्ष ननाघेको, कम्तीमा १.५ मिटर उचाई भएको, कम्तीमा ४५ किलोग्राम तौल भएको, अनमी वा सीएमए पढेको वा प्रमाणपत्र तह उत्तीर्ण गरी केयर गिभिङ विषयमा कम्तीमा तीन महिनाको तालिम लिएको

विभागका अनुसार २५ देखि ४५ वर्ष ननाघेको, कम्तीमा १.५ मिटर उचाई भएको, कम्तीमा ४५ किलोग्राम तौल भएको, कक्षा १० उत्तीर्ण गरी अनमी वा सिएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा प्रमाणपत्र तह उत्तीर्ण गरी केयर गिभिङ विषयमा कम्तीमा ३ महिनाको तालिम लिएकाहरुले आवेदन दिन पाउने छन् ।

योग्यता पुगेकाहरुले विभागको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् । इजरायल जान इच्छुकले असार ११ गतेबाट लागू हुने गरी २१ दिनभित्र आवेदन दिनुपर्नेछ । योग्यता पुगेकाहरूलाई गोलाप्रथाबाट छानिनेछ ।

यसरी जानेहरुकाे मासिक तलब ५८ सय ८० इजरायली मुद्रा (२ लाख १० हजार नेपाली रुपैयाँ) तोकिएको छ । यसको करार अवधि एक वर्षको भए पनि थपेर ५ वर्षसम्म बस्न पाइन्छ ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !