१० पुष २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चीनको मुन मिसनले गर्यो पृथ्वीमा अबतरण, बन्यो चन्द्रमाबाट चट्टान ल्याउने पहिलो देश

प्रकाशित मिति :  १२ असार २०८१, बुधबार १७:४८


काठमाडौं । चीनको मुन मिसन चन्द्रमाबाट माटो सहितको चट्टान लिएर पृथ्वीमा अवतरण गरेसँगै चीन विश्वको चन्द्रमाबाट चट्टान लिएर आउने पहिलो देश वनेको छ ।
चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनको चाङ्गे–६ ल्यान्डर नमूना लिएर ५३ दिनपछि पृथ्वीमा फर्किएको हो ।

चीनले मे ३ तारिखमा चाङइ–६ मिसन प्रक्षेपण गरेको थियो । यो सफल भएसँगै अब चीनले चन्द्रमामा सन् २०३० सम्ममा चन्द्रमामा मानिस पठाउने लक्ष्य राखेको छ ।

अहिले सम्म कुनै पनि देशले गर्न नसकेको काम गरेर चीनले विश्वकिर्तिमान कायम राखेको छ । चन्द्रमामा अहिले सम्म गएका सबै दश चन्द्र भियानहरु नजिकैको भागमा मात्र पुगेका थिए । तर यसरी चन्द्रमाको टाढाको भागमा पुगेर कसैले पनि नमूना ल्याउन सकेका थिएनन् । यस कार्यमा पनि चीन विश्वको पहिलो राष्ट्र वन्यो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले यो मिसनको सफलता चीनको सपना साकार पार्न कोसेढुंगा साबित हुने बताउनु भएको छ । यसबाट चीन अन्तरिक्ष शक्ति बन्ने नजिक पुगेको छ । मानव पठाउनका साथै चीनले सन् २०३० सम्ममा चन्द्रमाको दक्षिणी ध्रुवमा अनुसन्धान आधार निर्माण गर्न चाहन्छ । राष्ट्रपति सीले भन्नुभयो ।

अहिलेसम्मको अनुसन्धानले चन्द्रमाको यस भागमा बरफको रूपमा पानी रहेको सम्भावना देखाएको छ । चाङ्गे–६ मिसनले चन्द्रमाको सतहबाट २ किलोग्राम माटो आफैं लिएर फर्केको छ ।

चन्द्रमाको सतहबाट नमूना संकलन गर्न ड्रिल र रोबोटिक हातहरू प्रयोग गरिएको थियो । यसमार्फत चन्द्रमामा रहेको ४ अर्ब वर्ष पुरानो क्रेटरबाट माटो निकालिएको थियो । यसपछि नमूनालाई क्याप्सुलमा राखेर पुनः प्रवेश गर्ने गाडीमा सारिएको थियो ।

चिनियाँ वैज्ञानिकहरूले अब नमूनामा अनुसन्धान गर्नेछन् । यस अवधिमा चन्द्रमासँगै पृथ्वी र सौर्यमण्डलको निर्माणबारे अध्ययन गरिनेछ । चीनको अनुसन्धान पूरा भएपछि यसलाई अन्य देशसँग पनि बाँड्नेछ ।

कुनै देशले गर्न नसकेको काम चीनियाँ बैज्ञानिकहरुले गरे सँगै अहिले चीन भर पुरै खुसीयालि छाएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !