२९ श्रावण २०८३, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गोरु पाल्ने किसानलाई नगद अनुदान

प्रकाशित मिति :  27 June, 2024 11:46 am


बलेवा (बागलुङ) । जिल्लाको जैमिनी नगरपालिकाले चालु आर्थिक वर्षमा गोरु पाल्ने तीस जना किसानलाई प्रोत्साहनस्वरूप रु दश हजारका दरले अनुदान प्रदान गरेको छ ।

जैमिनी गाउँपालिकाको सिको गर्दै आगामी आवको नीति तथा कार्यक्रम र बजेटमा यहाँका तीन स्थानीय तहले गोरुका लागि बजेट छुट्याएका छन् । काठेखोला पालिकाले पनि गोरुका लागि बजेट विनियोजन गरेको छ । गोरु पाल्न छोडेपछि घाँसको खपत घटेको छ, गोबर मलको अभाव हुन थालेको छ, त्यसैले हामीले गोरु पाल्नका लागि प्रोत्साहन गर्न थालेका हौँ ।

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले भन्नुभयो । गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्दा परम्परागत बाली संरक्षणमा टेवा पुग्ने उहाँको तर्क छ ।

 

 

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !