५ बैशाख २०८२, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

तीन करोड ५७ लाखमा पक्की पुल निर्माण

प्रकाशित मिति :  १४ असार २०८१, शुक्रबार १३:०२


भोजपुर । राउते खोला पक्की पुल निर्माण भएको छ । भोजपुरको टेम्केमैयुङ–९ भएर बग्ने यो खोलामा पूर्वाधार विकास कार्यालयले रु तीन करोड ५७ लाख लागतमा पुल निर्माण गरेको हो ।

राउते खोला पक्की पुल निर्माणअवधिभन्दा १५ महिनाअघि सम्पन्न गर्न सफल भएका छौँ, स्थानीयले भोगेको समस्यालाई ध्यानमा राखेर निर्माणको कामलाई तीव्रता दिइएको हो । पुल बनेसँगै स्थानीयलाई सहज भएको छ, उक्त कार्यालय भोजपुरका प्रमुख राजेश्वर महतोले भन्नुभयो ।

राउते खोला पुलले साविकको वडा नं ७ राउते र साविकको वडा नं ५ लेखर्कलाई जोडेको छ । पक्की पुल बनेपछि यातायातका साधन सञ्चालनमा सहजता भएको सवारीचालक मिलन तामाङले बताउनुभयो ।

 

 

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !