३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

टी-२० विश्वकप क्रिकेटकाे उपाधिकाे लागि आज भारत र दक्षिण अफ्रिका भिड्दै

प्रकाशित मिति :  १५ असार २०८१, शनिबार ०९:४०


काठमाडाैं । आईसीसी टी-२० विश्वकप क्रिकेटकाे उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका भिड्दैछन् ।

उपाधि भिडन्त वेष्ट इण्डिजको बार्बाडोसको केन्सिङ्टन ओभल स्टेडियममा नेपाली समयअनुसार बेलुकी सवा ८ बजे सुरु हुनेछ । दुवै टाेली जारी विश्वकपमा समूह चरण र त्यसपछिका कुनै पनि खेल नहारी फाइनलमा पुगेका हुन् ।

पहिलाे सेमिफाइनलमा अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पहिलोपटक टी-२० विश्वकप क्रिकेटकाे फाइनल पुगेकाे हाे । दाेस्राे सेमिफाइनलमा इंग्ल्याण्डलाई हराउँदै भारत १० वर्षपछि टी-२० विश्वकप क्रिकेटकाे फाइनलमा पुगेकाे हाे ।


113
Shares

प्रतिक्रिया दिनुहोस !