१० बैशाख २०८२, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

स्याङ्जामा घर पुरिँदा आमा–छोरीको ज्यान गयाे

प्रकाशित मिति :  १५ असार २०८१, शनिबार ११:५०


काठमाडौँ, १५ असार : स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको ज्यान गएको छ । गए राति स्याङ्जाको फेदीखोला गाउँपालिका–५ बाङ्गेमा पहिरोले घर पुरिँदा उनीहरुको  ज्यान गएकाे हाे ।
पहिरोमा परेर आमा ३१ वर्षीया दुर्गा जिटी र उनकी तीन वर्षीया छोरी निकिसाको निधन भएको घट्नास्थलमा रहनुभएका प्रहरी सहायक निरीक्षक अमृत भुजेलले राससलाई जानकारी दिनुभयो । “राति सुतेका बेला पहिरो खसेको हो”, उहाँले भन्नुभयो । घटनाका बेला आमा र छोरी मात्र घरमा रहेका र छोरो गाउँमा आफन्तकहाँ बास बस्न गएकाले उनको ज्यान जोगिएको उहाँले बताउनुभयो ।
पहिरोले ढुङ्गामाटो र जस्तापाताले छाएको एक तले घर र घरनजिकै रहेको गोठ पुरिएको छ । पहिरोमा परी एउटा भैँसी पनि मरेको प्रहरीले जनाएको छ ।
–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !