१० बैशाख २०८२, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

वडा कार्यालय भवन निर्माण

प्रकाशित मिति :  १५ असार २०८१, शनिबार १२:३३


म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा वडा कार्यालय भवन निर्माण गरिएको छ । मालिकाले रु ७६ लाखको लागतमा सात कोठे एक तले भवन निर्माण गरेको हो ।
अपाङ्गमैत्री तथा भूकम्प प्रतिरोधी क्षमता भएको उक्त भवन निर्माण गर्न गा मङ्सिरमा सम्झौता भएको हो । मालिका–५ का वडाध्यक्ष मिम पुनले हस्तान्तरण भएपछि नयाँ भवनबाट सेवा सुरु गरिने जानकारी दिनुभयो । यसअघि भीम मावि परिसरमा रहेको साविक देविस्थान गाविसको पुरानो र जिर्ण भवनबाट वडा कार्यालयको कामकाज सञ्चालन हुँदै आएको थियो ।
सात वडा रहेको मालिकामा यसअघि वडा नं ३ मा मात्र आफ्नै भवन निर्माण गरिएको थियो । वडा नं ६ को कार्यालय भने तत्कालीन दरवाङ गाविसको भवनबाट सञ्चालन हुने गरेको छ । आगामी आर्थिक वर्षमा गाउँपालिकाको प्रशासकीय भवन, वडा नं १ र ७ को भवन निर्माण गर्न रु दुईं करोड बजेट विनियोजन गरिएको अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो ।
–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !