२१ माघ २०८२, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सत्ती भन्सारद्वारा नौ करोड राजश्व सङ्कलन

प्रकाशित मिति :  30 June, 2024 3:27 pm


लम्की (कैलाली) । कैलालीको सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा नौ करोड ८० लाख ७८ हजार राजश्व सङ्कलन गरेको छ ।
सत्ती भन्सार कार्यालयले चालु आवमा १२ करोड एक लाख ४७ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।  अबको १५ दिनमा उक्त लक्ष्यमा पुग्न मुश्कील हुने देखिन्छ । गत वर्षको तुलनामा यस वर्ष राजश्व बढ्ने सत्ती भन्सार कार्यालयका प्रमुख दिनहरि सापकोटाले बताउनुभयो ।
गत आर्थिक वर्षमा सो भन्सार कार्यालयले १६ करोड ९४ लाख ४१ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । तर सो आवमा रु सात करोड ५० लाख ४० हजार मात्र राजश्व सङ्कलन भएको प्रमुख सापकोटाले बताउनुभयो । यस वर्ष हामी लक्ष्य प्राप्तिको नजिक पुगेका छौैँ, उहाँले भन्नुभयो ।
सत्ती भन्सार कार्यालयले प्रशासनिक सेवा शुल्कवाफत ६४ हजार, बेरुजुबाट एक लाख, एकलौटी फार्म तथा व्यक्तिगत आयमा लाग्ने करतर्फ ४१ हजार, अन्तःशुल्क आयातमा २३ लाख ११ हजार,  भन्सार महशुल आयातमा पाँच करोड एक लाख, कृषि सुधार शुल्कमा एक लाख आठ हजार,  भन्सार सम्बन्धी अन्य आयमा ६ लाख ३९ हजार, मुल्य अभिवृद्धि कर आयातमा चार करोड ४६  लाख ९७ हजार तथा हरित करबाट चार हजार राजश्व सङ्कलनभएको प्रमुख सापकोटाले बताउनुभयो ।
सत्ती भन्सार भएर आयातको तुलनामा निर्यात शून्य रहेको छ । यस बाहेक जिल्लामा धनगढीस्थित त्रिनगर भन्सार कार्यालय रहेको छ । सो भन्सार भएर खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोग्य सामग्री तेकुनियाँ भएर आयात गरिँदै आएको छ । खुला सीमाका कारण राजश्व सङ्कलनमा समस्या भएको प्रमुख सापकोटाको भनाइ छ ।
–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !