२३ भाद्र २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

झापामा औद्योगिक पार्क बन्दा भारतको सुरक्षा खतरामा पर्छ कि भारतको व्यापार

प्रकाशित मिति :  १६ असार २०८१, आईतवार १८:०२


काठमाडौं । केही वर्ष पहिले सम्म नेपालमा भारतीय सामानहरुको विगविगि थियो । भारतको समानको विगविगि हुनुको प्रमुख कारण चिनियाँ समान माथिको भ्रम र भारत मुखि नेपालको राजनीति ।

हो नेपालको राजनीति पनि बेला बेलामा भारत मुखि नै भएको पाईन्छ ।

चिनियाँ सामाग्री माथिको ठूलो भ्रमका कारण पनि नेपालीहरुले जतिनै महङ्गो भएपनि भारतीय सामान किन्न नेपालीहरु वाध्य हुन्थ्य ।

अहिले चिनले विश्व भरीनै आफ्नो समान निर्यात गरिरहेको छ । त्यो पनि ठूलो परिणममा । चीनले व्यापार बाटै आफ्नो अर्थतन्त्रको दायरालाई फराकिलो पारिरहेको छ । आर्थिक पाटोमा चीन विश्वकै उत्कृष्ट राष्ट्र बनिसकेको छ ।

आजको दिनमा नेपालीलाई मात्र नभएर भारत लगाएत विश्वलाईनै चीनको समाग्रीमा विशेष रुची भएको पाइन्छ । चीनका हर उत्पादनहरुको माग बढी हुनुनै चिनियाँ समानहरुको लोकप्रियत वढ्नु हो ।

अहिले नेपालमा .पाएसम्म चिनियाँ प्रडक्ट किन्ने मानिसको घुईचो नै छ ।

व्यापारमा एकाधिकार बनाइरहेको भारतले अहिले चिनियाँ प्रडक्टको नेपालमा सांराज्य नहोस् र नेपाल आफैमा आत्मानिर्भर नबनोस् भनेर चिनियाँ लगानीमा नेपालमा बन्न थालेको चीन नेपाल मैत्री औद्योगिक पार्कको घाटीनै निमोठिदिएको छ ।

हो नेपालमा चीन नेपाल मैत्री औद्योगिक पार्क बन्दा भारतको ठूलो आम्दानी घट्छ । र नेपालमा औद्योगि पार्क बन्दा नेपाल ले पनि मेड इन नेपाल भएको समान विश्वमा निर्यात गर्नेछ ।

तर नेपालमै चीन मैत्री औद्योगिक पार्क बन्दा नेपालमा मात्र नभएर भारतिय व्यापारीको व्यापार धेरै घट्ने निश्चित देखिन्छ । नेपालबाट ठूलो परिणामा सामान भारत निर्यात हुन्छ । नेपालबाट निर्यात भएका सामानहरु भारतीय कम्पनीहरुमा उत्पादन हुृदाँकाृ भन्दा कम मूल्य पर्न जान्छ । त्यसैले कतिपय भारतिय ठूला ठूला उद्योगहरु बन्द नै हुने अबस्थामा आउँछन् ।
त्यो कुरा राम्रो सँग बुझेको भारतले नेपालमा चीन नेपाल मैत्री औद्योगिक पार्क बन्नै नदिनको लागि ठूलो चलखेल गरेको पाईएको छ ।

दमको भ्यू टावर वनाउदा पनि भारत केही नवोले पनि भारत पक्षधर नेपाली नागरिकले दमकमा भ्यू टावर वनाउँदा भारतको सुरक्षामा खतरा पर्छ त्यसैले बनाउनु हुँदैन भनेर समेत भ्यू टावर वनाउन केही हद सम्म अबरोध नै गरेका थिए । अबरोधको बाबजुत भ्यू टावर वन्यो ।

अहिले झापामा चीन नेपाल मैत्री आद्योगिक पार्क बन्दा फेरी भारतको सुरक्षामा खतरा पर्छ भनेर भारतले रोकेको पाईनछ ।

तर कुरो भारतको सुरक्षमा खतरा पर्छ भन्दा पनि भारतको व्यापार खतरामा पर्छ भन्नी हो ।

थोरै कुरा विद्युतिय सवारीको गरौं ।

अहिले नेपालमा विद्युतिय सवारीको माग वढ्दो छ । विद्युतिय सवारी भारतबाट पनि नेपाल भित्रन्छ भने चीनलागाएत केही अरु राष्ट्र बाट पनि भित्रन्छ । तर नेपालमा भारतिर र चिनियाँ विद्युतिया सवारीको हिस्सा वढी छ ।

अहिले पछिल्लो अबस्थामा हेर्दा भारतको भन्दा चिनियाँ विद्युतिय सवारी साधननको हिस्सा वढी देखिएको पाईन्छ ।

अझ नेपालमै चीन नेपाल मैत्री औद्योगिक पार्कमै अहिले नेपालको सडकमा गुडेका जस्ता सवारीहरु बन्न थाले भने झन् भारतको व्यापार घटेर सून्य हुने स्थितिमा आउँछ ।

यहाँ कुरा गाडीको मात्र गरेको हो । तर औद्योगिक पार्ककमा विभिन्न उद्योगहरु बस्ने बालामा थिए । ६५ अवको चिनियाँ लगानीमा बन्ने भनेको पार्कमा सयौ उद्योगहरु वस्ने बालामा थिए । तर त्यसरी उद्योहरु बसेर सञ्चलनमा आउँदा नेपालका सडकहरु समते धेरै बन्ने बालमा थिए ।

अनि मेड इन नेपालको सामान विश्व वजारमा जाने निश्चित हुन्थ्यो । पार्क झापमा बन्दा झापाबाट भारत, भुटान, बंगालदेस, चीन नजिक पर्थे । सो पार्कमा चिनियाँ मात्र पनि नभएर अन्य विदेशी कम्पनीहरु पनि आएरु बस्न पाउथ्य । सोही कारण व्यापापर विस्तार गर्न कति पनि समय लाग्दैन थियो । सोही कारण पनि भारत तर्सिए पार्क बन्न नदिएको पाईन्छ ।

अर्को कुरा त्यहाँ पार्क बन्दा नेपालीहरुले सुलभ मूल्यमा सवारीसाधन किन्ने मौका पाउथ्ये । भने सवारी साधानमा भारतको नेपाल तर्फको व्यापार लगभग सून्य नै हुन्थ्यो ।

२०८०।०८१ को जेठ सम्मको भन्सार निस्सा हेर्दा २९ अर्व रुपैयाँ बराबरको चार पाङ्ग्रे विद्युतिय सवारी साधन आयात भएको देखिन्छ । भन्सारको निस्सा हेर्दा प्रमुख आयात हुने १० चिज भित्र विद्युतिय सवारी परेको देखिन्छ ।

तर कुल आयात भएका विद्युतीय सवारीमध्ये सबैभन्दा धेरै चीनबाट करिब २१ अर्ब रुपियाँको सवारी आयात भएको देखिन्छ । चीनबाट मुख्य गरी ५१ किलोवाटदेखि एक सय किलोवाटसम्मका १८ अर्ब ७२ करोड रुपैयाँका सवारी आयात भएका छन् । त्यस्तै दुई अर्ब ६८ करोड रुपैयाँ बराबरका ५० किलोवाटसम्मका सवारी चीनबाट आयात भएको विभागको तथ्याङ्कले देखाउँछ ।

चीनपछि भारतबाट ६ अर्ब रुपियाँ बराबरका विद्युतीय सवारी आयात भएको छ । भारतबाट खास गरी ५० वाट क्षमतासम्मका सवारी आयात भएको देखिन्छ ।

यो भनेको झण्डै भारतबाट आउने भन्दा चार गुणा धेरै सवारी चीनबाट आईरहेको छ । यसले भरतको व्यापारलाई धेरै असर गरिरहेको छ ।

यो सबै बुझेको भारतले नेपालमा चीन नेपाल मैत्री औद्योगिक पार्क वन्दा भारतको व्यापार शून्य मै झर्ने छ भनेर पार्कको घाँटीनै निमोठिदिएको छ ।

अहिले सो क्षेत्रमा पार्कका लागि भनेर छुट्याईएको जमिन त्यसै अलपत्र अवस्थमा रहेको छ ।

अहिलेको सरकारले पनि सो पार्कको लागि कुनै पहल नगर्ने देखिएको छ ।

सो पार्क बन्न नदिनको लागि भारत मात्र नभएर अमेरिका पनि खुलेरै लागेको छ ।

अहिले अमेरिका चीनबाट तिब्बत छुट्याउने दाउमा छ । चीनबाट तिव्वत छुट्याएर चीन कमजोर पार्ने अमेरिकाको योजना छ । सोही अनुरुप अहिले भारतमा शरणर्थिको जिवन विताएका उपचारको लागि अमेकिरा गएका तिव्वतका धार्मिक गुरु तथा नेता दलाई लामालाई अमेरिकाले उचाली विभिन्न कागजातमा हस्ताक्षर गराउन लगाउने गरेको पाइएको छ ।


904
Shares

प्रतिक्रिया दिनुहोस !