प्रतिनिधि सभा बैठक बस्दै, सांसद्का प्रश्नकाे मन्त्रीहरुले जवाफ दिने
प्रकाशित मिति : १७ असार २०८१, सोमबार ०९:४६
काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा बैठकमा गृह, अर्थ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी सांसद्हरूको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६४ औँ वार्षिक प्रतिवेदन पेस गर्नुहुने संसद् सचिवालयले जनाएकाे छ ।
उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलस्रोत विधेयक, २०८१ प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
0
Shares