३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

स्वास्थ्य क्षेत्रमा ९२ हजार जनशक्ति थप्ने मन्त्री यादवको दाबी

प्रकाशित मिति :  १७ असार २०८१, सोमबार १५:३७


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले स्वास्थ्य सेवा क्षेत्रमा करिब ९२ हजार जनशक्ति थप्ने तयारीमा रहेको बताउनुभएकाे छ ।

सोमबार मन्त्रालयमा पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले भने,‘ करिब ९२ हजार जनशक्ति थप्नेगरी अर्थ मन्त्रालययमा पठाएका छौ । प्रधानमन्त्रीसँग पनि छुट्टै छलफल भएको छ । उहाँले केही कम गरेर कार्यान्वयन गर्न लगाउछु भन्नु भएको छ । प्रधानमन्त्रीबाट यो कुराको पुष्टि भएको छ । ६० हजार मात्र जनशक्ति थप्न पाए नि हुन्छ । काम गर्न पनि सहज हुन्छ । जनशक्ति र उपकरण भएन भने कसरी सेवा दिने ?’

मन्त्री यादवले आफूले जे बचन दिएपनि गरेर देखाउने बताउनुभयाे । ‘यसअघिका कुन मन्त्रीले के गर्नुभयो, म त्यसको पछि लाग्दिन । तर म काम गरेर देखाउँछु,’ उहाँले भन्नुभयाे ।

सरकारबारे बाहिर राजनीतिक हल्ला चलिरहेको भन्दै उनले सरकारको आयुको ग्यारेन्टी नहुने अनि मन्त्रीको के ग्यारेन्टी हुन्छ ? भन्ने प्रश्न गर्नुभयाे । ‘राजनीतिले मलाई कुनै फरक पर्दैन् । म काम गर्न आएको हो म जति दिन बस्छु, सुझाव, सल्लाह लिएर काम गर्छु,’ उहाँले भन्नुभयाे ।

यतिबेला काम गर्ने समय आएको उल्लेख गर्दै परिणाम नै दिनेगरी र जनतालाई निराश नबनाउनेगरी काम अघि बढाएको उहाँको दावी थियो ।

उहाँले नेपालको आयुर्वेद क्षेत्र सुस्ताएकोप्रति दुःख व्यक्त गर्नुभयाे । ‘आयुर्वेद सुतिसकेको थियो । वैद्यखाना पनि लोप भएको छ, त्यसलाई जगाउन कोशिस गरिरहेको छु । साउन कट्न दिनु काम सुरु भएको छ कि छैन् देखाउन सक्छु । युवा छु युवामाथि त विश्वास गर्नुस,’ उहाँले भन्नुभयाे ।

 

 


0
Shares

प्रतिक्रिया दिनुहोस !