३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रहरी परिचालन गर्छु, शिक्षण संस्थामा गुण्डागर्दी अन्त्य गर्छु : मन्त्री सुमना श्रेष्ठ

प्रकाशित मिति :  १७ असार २०८१, सोमबार १७:१३


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा हुने राजनीति अन्त्य गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिनुहुँदै श्रेष्ठले आफू यसका लागि प्रतिबद्ध भएर लागेको बताउनुभयो । प्रहरी परिचालन गरेर भए पनि शिक्षण संस्थामा हुने राजनीतिक दलका भातृ संगठनको हस्तक्षेप रोक्ने श्रेष्ठले बताउनुभयो । ‘जबसम्म म शिक्षामन्त्री छु, बरु प्रहरी प्रयोग गर्छु, तर गुण्डागर्दी सहिन्न’, उहाँले भन्नुभयो ।

शिक्षामा राजनीतिक हस्तक्षेप अन्त्य नभएसम्म आफू लडी रहने श्रेष्ठले बताउनुभयो । ‘शिक्षा मन्त्री गयो भने राजनीतिक हस्तक्षेप, प्रहरी गयो भने राजनीतिक हस्तक्षेप, गुण्डागर्दीको राजनीतिक हस्तक्षेप हुँदैन ? त्यस कारण यो त्यतिबेलासम्म कायम हुन्छ जुन बेलासम्म दलीय राजनीतिक हस्तक्षेप अन्त्य हुँदैन’, उहाँले भन्नुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !