२३ भाद्र २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतले धमाधम मुस्ताङमा लगानी वढाउनुको भित्री रहस्य

प्रकाशित मिति :  १७ असार २०८१, सोमबार १८:११


काठमाडौं । अहिले भारतमा शरणर्थी जिवन विताइरहेका तिब्बतको धर्मगुरु तथा नेता दलाई लामा अमेरिकामा हुनुहुन्छ । सञ्चार माध्यममा आएको जानकारीका अनुसार उहाँ उपचारको लागि भनेर अमेरिका पुग्नुभएको हो ।

अहिले उहाँले कहाँ के कुन रोगको उपाचार गराइराख्नु भएको छ त्यो थाहाँ पाउन सकिएको छैन । तर उहाँ अमेरिका पुग्ने वित्तिकै अमेरिकी राष्ट्रपति जो बाइडेनले विभिन्न कागजातमा तिब्बतको मामिलामा हस्ताक्षर गराउन तयारी गर्नु भएको कुरा विभिन्न सञ्चार माध्यममा आएको थियो । त्यतिमात्र नभएर अमेरिकाको हाउसमै तिब्बत सम्वन्धि विभिन्न नीतीहरु परित गर्ने अमेरिकाको यो हालसालैको योजना हो ।

अहिले अमेरिका र नेपालको दक्षिणि छिमेकी भारत एक रथमा दुई पाङग्रा हुन् भन्दा फरक पर्दैन । अमेरिका भारत सँग नजिकिनुको कारण हो चीन ।

हो तिव्वतलाई चीनबाट छुट्याएर चीन कमोजोर पार्नकै लागि अमेरिका भारत सँग मिलिरहेको देखिन्छ । त्यसैले अहिले भारतले चीनको कुनै पनि कुरामा खुलेर सहभागी जनाउदैन । तर अमेरिकाको सानो सानो कुरामा भने खुलेरै सहभागी जनाउँदछ । भारत चीनको विशाल परियोजना जुनबाट भारतले पनि व्यापक लाभ लिनसक्थ्यो । त्यस्तो परियोजनामा समेत समेल भएको छैन । र धेरै थोरै भारतले नेपालमा पनि चीन संलग्न भएको कुनै पनि परियोजना कार्यनयन गराउन नदिएको पाईन्छ । जस्तै बीआरआई, चीन नेपाल मैत्री औद्योगिक पार्क ।

पहिले विसं २०२० को दशकमा अमेरिकाले प्रगतिको विन्दुमा उकाले लाग्दै गरेको चीनलाई चिड्याउन अमेरिकाले नेपालको भूमीमा सिधै हमाला गरेको थियो ।
चीनका केही थान खम्पाहरुलाई अमेरिकाले विभिन्न कुरामा मलजल गरेर चीन विरोधी अभियान चलाएको थियो । त्यसकाे लागी अमेरिकाले नेपालकाे भूमी प्रयाेग गरेकाे थियाे।

तर अहिले भने अमेरिकाले दलाई लामा अमेकिरामा भएको बेलामा आफू नदेखिने गरि भारतलाई अघि सारेर  मनाङ मुस्ताङमा सहयोगको वहानामा विभिन्न चिजहरको शिलन्यास गर्दै आएको छ ।

भारतको मनाङ मुस्ताङमा हिमचीम ।

हो अहिले भारतको मनाङ मस्ताङमा सँग वढी हिमचीम देखिएको छ । भारतको त्यो हिमचीमा भारतको नभएर अमेरिकाको हो भनेर पनि धरैले आंकलन गरिरहेका छन् । लेखक प्रदिप तिमल्सिना भन्नुहुन्छ –‘ २०२० को दशकमा अमेरिकाले नेपालको मनाङ मुस्ताङमा हिमचिम वढाएको थियो । अहिले भारतले । तर अहिलेको हिमचीम पनि अमेरिकाको इसारामा भारतले गरेको हो भनेर बुझिएको छ । ’

अहिले मुस्ताङमा मात्र भारतले १७ वटा योजना पारित गरेर राखेको छ । जसामा स्कुल, गुम्वा, मठ मन्दिर , आदि परेका छन् । जसमा भारतकाे करोडौ खर्च गरिरहेको छ । मनाङमा पनि भारतले उत्तिकै लगानी गरिरहेको छ ।

स्थानीय निकाय सँगको सहकार्यमा भन्दै भटाभट मनाङ मुस्ताङमा भारतले लगानी गरिरहेको छ । अहिले भारतको उक्त लगानी नभएर सो लागनी अमेरिकाको भएको भनेर पनि बुझिएको छ ।

तिब्बतका नागरिक ल्याएर अमेरिकाले गुरिल्ला युद्ध रचेको ठाँउमा अहिले अमेरिकाको इसारामा भारतले धमाधम लगानी गर्नु अनौठौ रुपमा हेरिएको छ ।

झट्ट हेर्दा नेपालीको लागि लागानी गरेको जस्तो तर तिव्वतको मानिसलाई केन्द्रमा राखेर भारतले मनाङ मुस्ताङमा लगानी गर्नु भनेको सामान्य कुरा होइन ।

फेरि पछिल्लो समय अमेरिकी नागरिकको मनाङ मुस्ताङमा राम्रो सवारी भएको पाईन्छ ।

 

कसरी लगानी गर्छ भारतले बुझौं ।

यो असार १४ शुक्रबारको कुरा हो । उपल्लो मुस्ताङमा भारतीय राजदूत श्रीवास्तवले गुम्बा स्कुलको आवासीय भवनको शिलन्यास गरेको । जुन स्कुल भारतीय लगानीमा बन्न लागेको हो ।

पछिल्लो समय अमेरिकी नागरिकको राम्रो सवारी मनाङ मुस्ताङमा हुनु भारतीय राजदूत श्रीवास्तले गुम्वा स्कुलको आवासीय भवनको शिलन्यास गर्नु  याे घटनालाई राम्रो रुपमा भने हेरिएको छैन ।

तर स्थानीय सरकार अनि जनतालाई भने कुनै अत्तो पत्तो  नदिइकन भारतले उक्त ठाँउमा लगानी गरेको छ ।

त्यसो त भारतले नेपालको विभिन्न ठाँउमा लागनी गरिरहेको छ । विकसित देशले अविकसित देशलाई लगानी गर्ने भन्ने कुरा अनौठो भने पक्कै होइन । भारतले भात्र नभएर नेपालमा चीन, अमेरिका, जापान, जस्ता कयैन मुलुकले नेपालमा लगानी गरिरहेका छन् ।

तर अहिलेको भारतको उपल्लो मुस्ताङमा भएको लगानी भने राम्रो ढंगको लगानी नभएको पाईन्छ ।

अहिले उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरस्थित लोवो नाम्ड्रोलिङ गुम्बा स्कुलको नयाँ बन्ने आवासीय भवनको भारतीय राजदूत श्रीवास्तव र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले संयुक्तरूपमा असार १४ गते शुक्रवार शिलन्यास गरेका हुन् ।

राजदूत श्रीवास्तवसहित उनका फस्ट सेक्रेटरी अविनाश कुमार सिंह पोखरा–जोमसोम हवाई मार्ग हुँदै जोमसोमबाट गुम्बा स्कुलको आवासीय भवन शिलान्यास गर्न सडक मार्ग हुँदै उपल्लो मुस्ताङ पुगेका थिए ।

गुम्बाको आवासीय भवन शिलन्यासपछि आयोजित कार्यक्रममा भारतीय राजदुत नविन श्रीवास्तवले नेपाल–भारत सहयोग विकास कार्यक्रमअन्तर्गत गण्डकी प्रदेशमा ५९ वटा योजनामा भारतीय दूतावासको लागत साझेदारीका योजनाहरू रहेको जानकारी दिएका थिए । जसमध्ये मुस्ताङ जिल्लामा मात्रै १७ वटा योजनामा भारतीय लागत साझेदारीमा पूर्वाधार निर्माण भएको राजदूत श्रीवास्तवले बताएका थिए ।

तर अमेरिकाले चीन प्रतिको नीतिनै परिवर्तन गर्न खोज्नु , चीनलाई कमजोर बनाउन खोज्नु । तिव्वतका जनतालाई उचाल्न खोज्नु अनि भारतले तिब्बतको घाँटी नेपालको मनाङ मुस्ताङमा लगानी वढाउनुलाई भने राम्रो सँग नहेरिएको बुझिन्छ ।

भने अब खम्पा विद्राेह भाग दुई हुने हाे कि भनेर पनि बुझ्न सकिन्छ ।

 

 


1.6k
Shares

प्रतिक्रिया दिनुहोस !