३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रचण्डको ३२ नंवरको जादूले गरेन काम, ओली चौथो पटक प्रधामन्त्री बन्दै

प्रकाशित मिति :  १८ असार २०८१, मंगलवार ०१:०५


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिन अघि मात्र भन्नुभएको थियो ३२ नंवरको जादुकिय खेलले गर्दा म सधै प्रधानमन्त्री हुन्छु । हामि सँग यो ३२ नंवरको जादूकिय नंवर छ ।

तर उहाँले त्यसो भनेको केही दिनमानै उहाँको प्रधानमन्त्री पद चट् हुने भएको छ भने एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुने भएको छ ।

सनिवार ओली निवास वालकोटमा ३ घण्टा लामो कांग्रेस सभापति शेरवहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली बीच भएको छलफल पछि एमालेले प्रचण्ड सँगको सत्ता समिकरण भत्काएर कांग्रेस सँग मिलेर सरकार बनाउने भएपछि अहिलेका प्रधानमन्त्री प्रचण्डको ३२ नंवरका जादूकिय खेल समाप्त भएको हो ।

कांग्रेस सभापति शेरवहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली बिच भएको सहमित अनुसार पहिला केपी शर्मा ओली प्रधानमन्त्री हुने र चुनावी सरकारको नेतृतव कांग्रेसले गर्ने भएको हो ।

अहिले मध्य राति पनि कांग्रेस एमालेका दोश्रो तहका नेताहरु वीच संवाद चलिरहेको स्रोतले बताएको छ ।

अहिले सम्मको जानकारी अनुसार एमालेले प्रधानमन्त्री, अर्थ सहित १० मन्त्रालय र कांग्रेसले गृहसहित १० मन्त्रालयमा सहमति भएको छ ।

त्यसै अनुसार अब एमाले अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री बन्न लाग्नुभएको हो । दुई पटक संविधानको धारा७६(२) अनुसार र एक चोटी संविधानको धारा ७६(३) अनुसार प्रधानमन्त्री हुनु भएको हो ।

यो पटक फेरी संविधानको धारा ७६(२) अनुसार दुई वा दुई भन्दा वढी पार्टी मिलेर बहुमत जुटाएर केपी ओली प्रधानमन्त्री बन्न लाग्नु भएको हो ।

केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डको आजो भेटमा ओलीले प्रचण्डलाई आफ्नो नेतृत्वमा राष्ट्रीय सहमतिको सरकार बनाउन जोड गर्नु भएको थियो ।

तर प्रधानमन्त्री प्रचण्डले भने यही सत्तासमिकरणलाई यथा स्थितिमा राख्दै केपी ओलीलाई प्रधानमन्त्रीको अफर समेत गर्नुभएको थियो ।

तर नेपाली कांग्रेस सँगको भद्र सहमतिलाई नतोड्ने भन्दै ओलीले प्रचण्डलाई सरी भन्नुभएको स्रोतले बताएको छ ।

देउवा ओलीलाई सनिवार प्रधानमन्त्रीको आफर गर्दै ओली निवास वालकोट पुग्नु भएको थियो ।

अब बन्ने कांग्रेस एमालेको सरकारले केही कुरामा संविधान संसोधन गर्ने र संविधान संसोधन गर्ने कुरामा राप्रप्राले सहयोग गर्ने भएकाले सजिलै दुई तिहाई पुग्ने भएकाले संविधान संसोधन हुने पनि लगभग निश्चित भएको छ ।

उपराष्ट्रपतिले राष्ट्रीय सभाको अध्यक्षता गर्नु पर्ने, प्रतिनिधि सभाका समानुपातिक संसदलाइै राष्ट्रीय सभामा लाने र प्रदेशबाट समानुपातिक संसद प्रणलि हटाउने कुरामा संविधान संसोधन हुने भएको हो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !