३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अब प्रचण्डले प्रधानमन्त्रीमा रहिरहन प्रयोग गर्ने एक मात्र अस्त्र

प्रकाशित मिति :  १८ असार २०८१, मंगलवार १४:१३


काठमाडौं । अहिले प्रधानमन्त्री प्रचण्डले विस्वासको मत लिन्छु भन्नुभएको छ । प्रधानमन्त्रीले म विश्वासको मत लिन्छु भनिरहदाँ उहाँलाई ३० दिन सम्म कसैले प्रधानमन्त्रीको पदबाट हटाउन सक्नेबाला छैन ।

तर यही अबस्था रहिरहने हो भने प्रचण्डले ३० दिन पछि लज्जास्तामक तरिकाले प्रधानमन्त्री पद छोड्नु पर्छ । यो भनेको प्रचण्डको प्रधानमन्त्रीबाट विदाई हुँदाको अहिले सम्मकै दुखद विदाई हुनेछ ।

किनभने उहाँले विश्वासको मतमा जम्मा उहाँको पार्टीको ३२ मत मात्र प्राप्त गर्ने निश्चित देखिन्छ ।

यो पनि राम्रो सँग बुझेका प्रचण्डले किन विश्वासको मत लिन्छु तत्काल राजिनामा दिन्न भन्नुभयो ? हो यो कुरा चाँही अलि अचम्मको छ ।

उहाँले ३० दिनको समय लिएर नेपाली राजनीतिमा एक अस्त्रको प्रहार गर्ने बुझिएको छ । अस्त्र प्रहार गर्ने सफल भए आफू प्रधानमन्त्री हुने वा सरकारमा आफ्नो पार्टी सामेल गराउने नभएर चुपोलागेर जातिय तथा क्षेत्रिय मुद्धामा अघि बढ्ने प्रचण्डको रणनीति छ ।

प्रचण्डले प्रहार गर्ने भनेको त्यो अस्त्र हो एमाले अध्यक्ष केपी शर्मा ओलीलाई माओवादी एमालेमा विलय गराउने सम्झौता ।

हो माओवादी एमालेमा विलय गराउने सम्झौता एमाले सँग गरेर तत्काललाई आफू प्रधानमन्त्रीको कुर्सीमा बस्ने अहिले प्रचण्डले प्रहार गर्ने अस्त्र हो ।

किनभने अहिलेको अबस्थामा माओवादी सँग लागेर कांग्रेसले सरकार बनाउने सम्भावना न्युन छ । न्युन भन्दा पनि सम्भवनै छैन भन्दा फरक पर्दैन ।

त्यसैले अबको ३० दिनको फाईदा प्रायोग गरेर प्रचण्डले माओवादी एमालेमा विलय गराने अस्त्र प्रयोग गर्न सक्नेछन् भनेर आंकलन गर्न सकिन्छ ।

चुनावै पिछे खिइदै गएको प्रचण्डको पार्टीको अस्तित्व ८४ को चुनाव पछि रहन्छ या रहदैन भन्नेमा प्रचण्ड आफै कन्फ्युजमा छन् । त्यसैले आफ्नो अनि आफ्नो पार्टीको नेताको राजनिति जोगाउन प्रचण्डले यो अस्त्र एमालेलाई प्रयोग गर्ने देखिएको छ ।

तर प्रचण्डको अस्त्रले अहिले एमालेमा काम गर्ने संभावना एकदम न्युन भएको छ । किनभने देशमा जति पनि परिवर्तन भएका छन् तेतिवेला एमाले कांग्रेस एक ठाँउमा उभिएर मात्र परिवर्तन नेपालमा संभव भएको छ ।

त्यसैले अहिले संविधान संसोधनको वेलमा पनि एमाले कांग्रेस एक ठाँउमा उभिनै पर्छ भनेर राम्रो सँग बुझेका ओली देउवाको टिम भत्काउन प्रचण्डलाई त्यति सजिलो भने पक्कै पनि हुने छैन । लगभग यो असम्भव नै हो ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !