३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अब नेपाली राजनीतिमा च्याखे थाप्नेको दिन गए

प्रकाशित मिति :  १८ असार २०८१, मंगलवार १५:५८


काठमाडौं । ठूला दल मिल्न नदिने र सधै नेपालको राजनीतिमा अस्थिर मात्र गराउन खोज्ने विदेशी अनि नेपालको साना दलको औचित्य अब समाप्त भएको छ ।

कांग्रेस अनि एमाले मिलेर सरकार चलाउने भएपछि च्याखे थाप्ने दलको औचित्य समाप्त भएको हो ।

यो भन्दा अघिको प्रतिनिधिको चुनाव सम्म माओवादी केन्द्र संसदमा तेस्रोे दल भएपनि संसदमा ठूलो दलको हैसियतमा थियो । अर्थात माओवादीको सिट संख्या ५० भन्दा माथि थियो ।
तर अहिले माओवादी केन्द्र संसदमा तेस्रो ठूलो दल भएपनि संख्याको आधारमा माओवादी अहिले च्याखे थाप्ने पार्टीको हिसावमा पुगेको हो । अर्थात माओवादीको अहिलेको सिट संख्या भनेको ३५ संट भन्दा तल अर्थात ३२ सिट छ ।

च्याखे थाप्ने स्तरको पार्टी भएपनि अनेक तिकडम लगाएर सरकारमा बसेको माओवादी केन्द्रको अहिले कांग्रेस एमाले मिल्दा अस्तित्वनै समाप्त हुने स्थितिमा पुगेको छ ।

आफूलाई जादूकर वताउने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कुनै पनि हातलमा कांग्रेस एमाले मिल्न नदिएर त्यसको मौकाको फाइदा उठाउँदै आईरहेका थिए ।

संविधान जारी भएको दिन देखिनै कांग्रेस एमाले मिलेर सरकार चालएको छैन ।
तर माओवादी भने दहिचिउरे जसरी कहिले कांग्रेस सँग त कहिले एमाले सँग मिलेर सरकारको सरकारमै वसिरहेको छ ।

अहिले कांग्रेस एमाले मिल्दा माओवादीको यो जादूकिय खेलले काम गर्न छोडेपछि माओवादी जस्ता च्याखे थाप्ने स्तरको पार्टीको दिन सकिएको छ ।

केही महिना अघि सम्म रवी लामिछानेको पार्टीलाई केही हद सम्म भएपनि जनताले भरोसा गरेका थिए । तर रवीको पनि खुवी बुझि सकेका जनताले अहिले कांग्रेस एमालेको विकल्प देखेका छैनन् ।

रवी लामिछानेले पनि च्याँखे थापेरै घुर्की लगाएरै गृहमन्त्री पड्काएको सबैलाई जगजाहेरै छ ।

स्मरण रहोस् कुनै वेला माओवादी देशकै ठूलो पार्टी थियो । तर पार्टीले जनतामा उठाउँने कुरा सही सावित नभएपछि माओवादी फुट्दा फुट्दा कमाजोर हुँदै अहिलेको अबस्थामा पुगेको हो ।

नेपाली राजनीतिमा कांग्रेस एमाले मात्र नमिल्ने हो भने एक सिटे पार्टीको पनि वढी महत्व हुन्छ । सरकार बनाउन एक सिटको पनि अत्याधिक भाउ हुने हुँदा एक सिटेले पनि मन्त्री पाइरहेका थिए । यो अबस्था केन्द्रमा मात्र नभएर प्रदेशमा पनि यस्तै थियो । जसले गर्दा नेपाली जनता हैरान थिए ।

यो संगै अब च्याखे थाप्ने स्तरका पार्टीहरु माओवादी, रास्वपा, मधेसवादीदलहरुको अस्तित्व समाप्त नै भएको छ ।

 

 

तर आजको दिनमा कांग्रेस एमाले मिल्दा देशले निकास पाउने सम्भावना वढेको छ । जति कांग्रेस माओवादी, एमाले माओवदी मिल्दा जनता खुसी थिए त्यो भन्दा कैयन गुणा धेरै एमाले कांग्रेस मिल्दा जनता खुसी भएका छन् ।

 

 

 


0
Shares

प्रतिक्रिया दिनुहोस !