२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अब बीआरआई के होला ?

प्रकाशित मिति :  १८ असार २०८१, मंगलवार १७:२३


काठमाडौं । पछिल्लो समय चर्चाको विषय वन्दै गएको बीआरआई अब नेपालमा सत्ता परिवर्तन भएसँगै  के होला भनेर चर्चाको विषय वनेको छ ।

नेपालमा  कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने निश्चित भएसगै  सम्झौता भइसकेको बीआरआई कार्यानयन होला त भन्ने कुरा व्यापक रुपमा उठिरहेको छ ।

अहिले बीआरआईको कुरा चिया पसल देखि सदन सम्म हुने गरेको छ । सम्झौता मात्र गरेर विभिन्न वहाना वनाएर बीआरआईबाट नेपाल पन्छिएको थियो । नेपाल बीआरआईबाट पन्छिनुको मुख्य कारण सत्तामा हुनेले सधै जादू गर्नाले हो ।

अलिकति काम हुन्छ ।  जाँदू हुन्छ । अर्को सरकार बन्छ । अनि फेरी अलिकति काम हुन्छ अनि फेरी जादू हुन्छ । सरकार परिवर्तन हुन्छ । त्यहीनै मुख्य कुरा हो भन्दा फरक पर्दैन बीआरआई नेपालबाट पन्छिनुको मुख्य कारण ।

बीआरआई अनुदान हो की ऋण

केही दिन अघि प्रधानमन्त्री प्रचण्डले बीआरआई अनुदान भए स्वीकार्ने र ऋण भने नर्काने भनेर भन्नुभएकाे थियाे  । अनि फेरि कांग्रेस सभापति देउवाले पनि अनुदान भए स्वीकार्ने तर ऋण भए नकार्ने भनेर  बताउनुभएकाे थियाे।

बीआरआई भारतको इसार विपरित सम्झौता भएको हो । बीआरआई सम्झौत गर्ने प्रधानमन्त्री प्रचण्डलेनै यसो भनेपछि बीआरआई ऋण हो कि अनुदान भन्ने कुरामा नेपाल अलमल रहेको पाइएको छ ।

अनुदान भए बीआरआई सर्लक्क स्वीकार्ने भन्ने कांग्रेस सभापति शेरवहादुर देउवा र विकास प्रेमी एमाले पार्टी भएर अब सरकार चलाउने निश्चित भइसकेको छ ।

त्यसैको कारण अब बीआरआई के होला भन्ने कुरा आम  नेपालीकाे खुलदुलिकाे विषय वनेकाे छ ।

बीआरआई ऋण भए लिने कि नलिने

विश्वको सबै भन्द धेरै ऋण लिने देश कुन हो भन्दा सबै भन्दा अगाडी नाम आउछ अमेरिका । हो अमेरिका विश्वको सबै भन्दा वढी ऋण लिएर विकास गर्ने राष्ट्र हो । अहिले अमेरिका सर्वशक्तिमान राष्ट्र छ । अहिले हामि धेरै नेपालीहरुको ड्रिम कन्ट्री हो अमेरिका । अमेरिका लगाएत धेरै देशहरु छन् जुन ऋण लिएर देशको विकास गर्ने । तर अमेरिकाले भने ऋण लिदा विचार गरेर मात्र लिन्छ ।
सही ठाउँमा ऋणको पैसा लागनी गर्छ अनि सही नतिजा निकाल्छ।

नेपालको पोखरा अन्र्तराष्ट्रीय विमानस्थलको कुरा गरौं । पोखरा अन्तराष्ट्रीय विमान स्थल चिनियाँ ऋणमा बनेको हो । यो सबैलाई जगजाहेरै छ । पोखरा अन्तर्राष्ट्रय विमानस्थल वन्न नदिन पनि दक्षिणि छिमेकी खुलेरै लागेको थियो । तर अन्नतत बनेरै छाड्यो । जनताको माग अनुसार चाहाना अनुसानै पोखारा विमानस्थल वनेको थियो । तर भारतले हवाइरुट नदिदा अहिले उक्त विमानस्थल सञ्चालन हुन सकेको छैन । अहिले कसैको कारण नभएर छिमेकी देशकै कारण पोखरा अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनमा छैन ।।

भैरहवाको विमानस्थलको पनि हालत उस्तै छ । निजगढ् विमानस्थलको त झ्न हल्ला मात्र भएको जस्तो छ । यो सबै अलपत्र अबस्थामा छन्  । तर यो सव  छिमेकी देश खुलेरै लाग्दा  अलपत्र भएकाे हो ।

ऋण लिएर ऋणको सही सदुपयोग नहुँदा मात्र फसिने हो  ऋण लिएरै फस्ने भए अमेरिका खै त फसेको ।

सुलभ मूल्यमा चीनले ऋण दिनेर र ऋण सँग सगै विकासको खाका पनि दिने भनेको हो । यस्तो वेलमा सुलभ दरमा ऋण लिएर विकासको खाका तयार गर्नु पर्ने वेलमा प्रकृयानै अलमलमा राख्नु भने पक्कै पनि राम्रो भने होइन ।

उहाहरणको लागि सिचाँई नपुगेको ठाँउमा ऋण गरेको रुपैयाँले सिचाँई पुर्याउदा के घाटा हुन्छ ?

सडक नपुगेको ठाउँमा सडक पुर्याउदा के घाटा हुन्छ ?  कुनै ठाउँमा सडक पुग्दा त्यहाँका मानिसको आयआर्जन बढ्छ कि घट्छ ?  तसर्थ बीआरआईको सही सदुपयोग गरेर सुलभ मूल्यमा ऋण लिएर देश विकास गर्नुको विकल्प रहँदैन ।

देशमा धेरै देशलाई छुनो ठूला ठूला वाटाघाटा बन्दा के घाटा हुन्छ । देश भरी रेलको सञ्जाल जोडिदा के घाटा हुन्छ? देशमा ठूला ठूला कल कारखाना खुल्दा के घाटा हुन्छ? । सुलभ दरमा ऋण लिएर धमाधम विकास हुँदा विदेशी शक्तिहरु आत्तिने भएर नेपालमा अहिले सम्म बीआरआई कार्यानयन नभएका पाईन्छ ।

तर अबको कांग्रेस एमाले मिलेर वन्ने भनेको सरकार भने दिगो सरकार र देशलाई निकास दिन सक्ने सरकार बन्नेछ भन्नेमा कुनै दुई मत छैन । किनभने यी पार्टीहरु मिल्दा कुनै अरु पार्टीले छाडेर सरकार ढल्लात भन्ने अबस्था आउदैन । त्यसै माथि विकास प्रेमी पार्टी एमालेको नेतृत्वमा सरकार बन्ने हुँदा अहिलेको सरकारले बीआरआईलाई सही ढंगले लिएर कार्यनयन गर्नेमा कुनै संका छैन ।


0
Shares

प्रतिक्रिया दिनुहोस !